दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको आयोजनामा एमसिसी खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ ।
Advertisement
दाङको लमहीमा २०७८ भदौ २७ गते सम्पन्न सो कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रेसम बिसी, राजमो दाङ–देउखुरी समितिका सचिब वसन्त पौडेल र नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापालगायतका वक्ताहरुले एमसिसी खारेजीको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन लमही नगर समितिका सचिव लेखराज आचार्यले गर्नुभएको थियोे ।
सो अवसरमा लमहीवासी राजमोका नेता–कार्यकर्तालगायत पत्रकार र सर्वसाधारण गरी सयौँ जनाको उपस्थिति रहेको थियो ।