• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

एमसिसी अमेरिकी साम्राज्यवादको विषालु परियोजना : आनन्द शर्मा


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • धनवीर पुनमगर, नयाँदिल्ली ।
    राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले एमसिसी अमेरिकी साम्राज्यवादको विषालु परियोजना भएको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा एमसिसी विरुद्ध भर्चुअल सभालाई सम्बोधन गर्ने क्रममा शर्माले सो धारणा राख्नुभएको हो ।

    उहाँले अमेरिकी साम्राज्यवादले विभिन्न देशको सार्वभौमिकतामाथि आधिपत्य जन्माउनका लागि गरिएको षड्यन्त्रको एउटा कडी एमसिसी भएको दाबी गर्नुभयो ।

    ‘एमसिसी परियोजना लागु गर्दा कुनै विषय कुरा बाझियो भने नेपालको संविधान निरस्त हुने तर एमसिसीका प्रावधान लागु हुँदा नेपालको सार्वभौमिकता नै समाप्त हुन्छ’ शर्माले भन्नुभयो– ‘एमसिसी हिन्दप्रशान्त रणनीतिअन्तर्गत आएको छ । हिन्दप्रसान्त रणनीतिको उद्देश्य अकेरिकी सैन्यसुरक्षा कार्यान्वयन गर्नु हो ।’

    त्यस्तै, एमसिसी नेपालको बौद्धिक सम्पत्तिमाथि आधिपत्य जमाउने उद्देश्यसहित आएको शर्माले बताउनुभयो ।

    एमसिसीले नेपाललाई अमेरिकी साम्राज्यवादको रणमैदान बनाउने भएकोले यसलाई सम्पूर्ण देशभक्त शक्तिहरूले विरोध गर्दै कार्यान्वयन हुन नदिनुपर्ने शर्माको थप भनाइ थियो ।

    कार्यक्रममा क्षेत्रीयका सचिव जनकराज पौडेलले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै गण्डकी प्रदेशकी सांसद पियारी थापाले अमेरिकी साम्राज्यवादले नेपाललाई सामरिक युद्धमा धकेल्ने चाहेको बताउनुभयो ।

    ‘एमसिसीअन्तर्गत शान्ति स्थापना गर्ने बहानामा सैन्य अखडा बनाउने काम हुने छ’ थापाले भन्नुभयो ।

    उहाँले अमेरिकी साम्राज्यवादको कलो खानेहरूलाई असफल पार्नुपर्ने बताउनुभयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले भारतका विभन्न सहरमा एमसिसी विरुद्ध मूल प्रवाहका कार्यकर्ताले आवाज उठाएको बताउनुभयो ।

    ‘हामीले केवल २४ घण्टाको अवधिमा भारतका करिब ९७ सहरमा एमसिसी विरुद्ध सभा गरेका छौँ’ केसीले भन्नुभयो ।

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य मदन शर्मा, भगवती कुँवर, केन्द्रीय सल्लाहकार बालकृष्ण गायक, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शक्तमान बुढाले पनि मन्तव्य दिनुभएको थियो ।

    सो अवसरमा गोकुल गायक, धरम पहरी, लोकेन्द्र पौडेल, जनक बिसी, चन्द्रप्रसाद पौडेल र मनोज जिसीले मन्तव्यसहित ऐक्यबद्वता जनाउनुभएको थियो ।

    केन्द्रीय कोषाध्यक्ष केबी थापा, सदस्य चोबनाथ शर्मा, गिरीराज परियार, ठाकुर केसी, महोराज चालिसे, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य तथा नेपाली समाचार पत्रिकाका सहसम्पादक धनवीर पुन, मलेसिया नेपाली एकता समाजका गोविन्द विष्ट, कोरिया नेपाली एकता समाजका विष्णु पुनले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रम क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता तथा क्षेत्रीय सहसचिव धर्मराज शर्माको सञ्चालनमा अगाडि बडेको थियो ।

    क्षेत्रीय उपाध्यक्ष दशरथ विकले उपस्थिति जनसमुदायलाई स्वागत तथा देविराम केसीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.