बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोधसभा सम्पन्न गरेको छ । सन्धिखर्कको शान्ति बगैंचामा राजमोले विरोध प्रदर्शन र सभा गरेको हो ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला अध्यक्ष थम्मन केसी लगायत नेताहरूले सम्बोधन गर्दै एमसीसी कुनै पनि हातलमा नेपालमा लागू गर्न नहुने बताउनुभयो ।

‘यो राष्ट्रघाती सम्झौता हो । अमेरेकी साम्राज्यवादले नेपालमा एससीसी परियोजनाका नाममा नेपालमाथिथ गिद्देदृष्टी राखेको छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘एमसीसी परियोजना अनुमोदन भए विदेशी सेना नेपालमा राखेर नेपालमा रहेका प्राकृतिक सम्पदामाथि कब्जा गर्ने र चीनमाथि निगरानी राख्ने खतरा छ ।’कार्यक्रम जिल्ला सचिव बाबुराम पन्थी सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।