• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिनुभयो ।

    Advertisement

    गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन गरेर बर्सातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ । प्रजिअ सापकोटाका अनुसार रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ ।

    त्यस्तै मन्त्री खाँणले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिनुभयो । प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुङ्गे पुलमा असर पु¥याएको जानकारी गराउनुभएको थियो ।

    उहाँले ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नक्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिनुभएको छ । कारागारमा आइतबार अपराह्न चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिनुभएको हो । प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको मन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो ।

    मन्त्री खाँणले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रजिअ शिवराम गेलाल र भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईसँग पनि बाढी, पहिरो र डुबानको असरबारे जानकारी लिनुभएको थियो । उहाँहरूले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले सबै प्रजिअहरूलाई प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिनुभएको थियो ।

    आजै मन्त्री खाँणलाई मोरङमा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत बिरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रजिअ कोषहरि निरौलाले जानकारी गराउनुभएको थियो ।

    त्यस्तै सङ्खुवासभामाको मादी नगरपालिका–१ उमलिङमा एकै घरपरिवारका छ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रजिअ टेकनारायण पौडेलले जानकारी गराउनुभएको थियो । प्रजिअ पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, आठ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो ।(रासस)

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.