बारा । राष्ट्रिय जनमोर्चा बाराले जिल्ला सदस्य बोधप्रसाद सापकोटा (बलाराम सापकोटा) को सम्झनामा शोक सभा गरेको छ । सापकोटाको पनधन भएको १३औँ दिनमा राजमोले शोक सभा गरेको हो ।
Advertisement
सापकोटाको यही भदौ ७ गते आफ्नै निवास जितपुर सिमरा–१४ जोर्लैयामा निधन भएको थियो । उहाँकै निवासमा आयोजना गरिएको शोक सभामा राजमो वैकल्पिक केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता रमेश भट्टराई र राजमो जिल्ला सचिव जिवनकुमार भट्टराईको आतिथ्यता रहेको थियो ।
बलाराम सापकोटाका सहोदर दाई टिकाराम सापकोटाको अध्यक्षता तथा नेकपा (मसाल) नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटाको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो ।