• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘झलनाथ खनाललाई दिइएको उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट हाल्नु गलत’


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट हाल्ने विषयलाई गलत भएको बताएको छ ।

    Advertisement

    अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सो रिट दायर गर्नुभएको थियो । (मसाल) ले ‘मानवीय र व्यक्तिगत प्रश्नलाई त्यसरी उठाउनु हाम्रो पाटीको पहिलेदेखिको अभ्यासका विरुद्ध रहेको’ भन्दै रिट निवेदक पोखरेलको उक्त कार्यप्रति पार्टीको सहमति नरहेको स्पष्ट पारेको छ ।

    यस्तै, पोखरेलले पार्टी र विद्यार्थी संगठनसँग समेत सल्लाह नगरी केपी ओलीका प्रतिगामी कदमलाई सहयोग पुग्नेगरी विभिन्न अनलाइन तथा फेसबुकमा स्ट्याटस लेख्ने गरेको भन्दै सचेत गराएको छ ।

    प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
    १. ‘ओली सरकारद्वारा दुबैपल्ट संसदको विघटनलाई हाम्रो पार्टीले असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी समेत भएको भनेर ठहर गरेको थियो । दुबैपल्ट संसदको पुनस्र्थापना भयो र ओली सरकार अपदस्त पनि भयो । तर त्यसपछि पनि ओलीबाट प्रतिगमनको खतरा अझै टरेको छैन । त्यसकारण अहिले पनि उनका विरुद्धको संघर्षमा लगातार जोड दिनुपर्छ भन्ने हाम्रो दृढ मत रहेको छ ।

    २. इतिहासका बेग्लाबेग्लै कालखण्डमा प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि सहमत हुने विभिन्न राजनीतिक शक्तिहरु, माओवादी, एमाले, नेपाली काँग्रेस, मधेशवादीहरुसित पनि हामीले कार्यगत एकता वा सहकार्य गर्दै आएको हाम्रो पार्टीको इतिहास छ । महाकाली सन्धिका विरुद्धको संघर्षमा हामीले राप्रपासित समेत तालमेल गरेका थियौँ । त्यस प्रकारको संयुक्त आन्दोलनद्वारा नै हामीले २०४६ साल र ६२/६३ सालमा पनि प्रतिगमनलाई पराजित गर्न सफल भएका थियौँ ।

    ३. त्यही प्रकारको नीतिद्वारा अहिले हाम्रो पार्टीले माओवादी, एमाले (माधव–खनाल पक्ष), नेका र जसपा समेतसित गठबन्धन गरेर ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गरेको थियो । त्यस प्रकारको संघर्षको परिणामस्वरुप नै संसदको पुनस्र्थापना भएको थियो र ओली सरकार अपदस्त भएको थियो ।

    ४. ओलीको प्रतिगमनको खतरा अहिले पनि भएको हुनाले हामीले अहिले पनि गठबन्धनलाई कायम राख्ने तथा गठबन्धनद्वारा बनेको सरकारलाई समर्थन गर्ने नीति अपनाएका छौँ ।

    ५. हामीले २०४६, ०६२/०६३ वा अहिले पनि प्रतिगमनका विरुद्धको संघर्षमा अपनाएको नीति संयुक्त मोर्चाको माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरुप नै छ, जसले आवश्यकताअनुसार विभिन्न राजनीतिक मतभेद भएका शक्तिहरुसित पनि कार्यगत एकता वा सहकार्यमा जोड दिन्छ र त्यसो गर्दा एकताका साथै मतभेद कायम राख्न आफ्नो नीतिलाई पनि सुरक्षित राख्ने गर्दछ ।

    ६. तर का. विमल पोखरेलले हाम्रो पार्टीको त्यस प्रकारको नीतिसित मेल नखाने कतिपय लेख वा टिप्पणीहरु अनलाइन वा सामाजिक सञ्जालमा लेखेको र कतिपय त्यही प्रकारका लेखहरुलाई सामाजिक सञ्जालमा सेयर गरेको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भयो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले दिल्लीमा उपचार गराउँदा सरकारले उपचारका लागि दिएको सहयोगका विरुद्ध पनि सर्वाेच्चमा रिट दिनु भएको छ । एउटा मानवीय र व्यक्तिगत प्रश्नलाई त्यसरी उठाउनु हाम्रो पाटीको पहिलेदेखिको अभ्यासका विरुद्ध रहेको छ । त्यसमाथि त्यो रिट दिने बेलामा उहाँले पार्टीसित पनि कुनै सल्लाह गर्नुभएको जानकारी दिनु भएको थिएन ।

    ७. उहाँ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)का अध्यक्ष हुनुहुन्छ । तर माथि लेखिए अनुसारका पार्टीको नीतिसित मेल नखाने विचारहरु प्रकट गर्दा उहाँले आफ्नो संगठनसित पनि सल्लाह लिएको देखिँदैन ।

    ८. उहाँ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता र प्रतिनिधि सभाकी सदस्य का. दुर्गा पौडेलको सचिव पनि हुनुहुन्छ । तर उहाँले त्यो रिट दिने बेलामा उहाँ (दुर्गा पौडेल)सित पनि सल्लाह गर्नु भएको छैन ।

    ९. उहाँका उपर्युक्त कार्यहरुबाट, एकातिर, ओलीको प्रतिगमनलाई बल पुग्ने तथा प्रतिगमनको विरुद्धको गठबन्धनलाई आँच पुग्ने कुरा स्पष्ट छ । त्यसैले उहाँका ती सबै विचार र कार्य(सर्वाेच्च अदालतमा प्रस्तुत गरेको रिट) समेत पार्टीको नीति, निर्णयसित मेल नखाने भएको र तिनीहरुसित हाम्रो असहमति भएको कुराको जानकारी गराउन चाहान्छौँ ।’

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.