हेम बिजी
Advertisement
नाटक मञ्चन गर्न पनि
नाटककै नियम चाहिन्छ
नाटककै
नीति चाहिन्छ
अर्थात
नाटक मञ्चन गर्न
माथिल्लो नाटक समिति निर्देशन दिन्छ
निर्णय पनि दिन्छ
अनि मात्र
नाटक मञ्चन हुन्छ !
त्यो
कस्तो अराजक अचम्म भयो
नाटक मञ्चन त गरियो
नत
नाटकको कुनै नियम छ नाटकमा
नत कुनै
नाटकको नीति छ नाटकमा
नत कुनै
माथिल्लो नाटक समितिको अनुमति छ
नाटकमा
नत कुनै निर्णय र निर्देशन छ !
त्यो
कस्तो अराजक अचम्म भयो
दर्शक बिना नै
सुदूरपश्चिममा नौटंकी नाटक देखियो
त्यो
कला विहीन
नाटक देखाउँदै
सुदूरपश्चिमका नक्कली नाटककारहरु
राजनीतिमा प्रवेश गरेछन्
अनि
पार्टी षडयन्त्र फैलाउन
एक चिम्टी भेला भएर
त्यो
नौटंकी नाटकको नाम
राजमो सुदूरपश्चिम भनेर बताएछन्
राजमो सुदूरपश्चिम भनेर फतफताएछन् !!