• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फुटपरस्त तत्वको भ्रममा नपर्न कार्यकर्तालाई राष्ट्रिय जनमोर्चाको आग्रह


  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिममा बेग्लै भेला गरेको फुटपरस्त तत्वको भ्रममा नपर्न आग्रह गरेको छ । मंगलबार एक वक्तव्य प्रकाशित गरी उपाध्यक्ष दुर्गा पौडेलले अनुशासनहीन तत्वले कतिपय इमान्दार कार्यकर्तालाई समेत भ्रममा पारेर समानान्तर समितिमा राखेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले वक्तव्यमा सो समूहको भ्रममा परेर पार्टीविरुद्ध गएका पार्टी सदस्यलाई भ्रममुक्त भइ पार्टीमै फर्कन आग्रह गर्नुभएको छ ।

    यस्तै, उहाँले फुटपरस्त तत्वको माओवादीसँग साँठगाँठ रहेको भन्ने समाचारप्रति पनि ध्यानाकर्षण भएको जनाउँदै अहिले नै आफ्नो पार्टी त्यो निष्कर्षमा पुगिनसकेको र त्यसबारे छानबिन गरिरहेको बताउनुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘सुदूरपश्चिममा भएको फुटपरस्त गतिविधि तथा त्यससित सम्बन्धित कतिपय समाचारहरुबारे हाम्रो पार्टीको दृष्टिकोण स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।

    १.सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको बेग्लै प्रदेश समितिको गठन गर्ने फुटपरस्त गतिविधिहरु माथि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । बाहिरबाट हेर्दा त्यो गतिविधि नयाँ र आकस्मिक जस्तो देखिन्छ । तर वास्तविकता यो हो कि हाम्रो पार्टीमा पहिलेदेखि नै अनुशासन बिहीन र फुटपरस्त विचारहरु देखापर्दै आएका थिए । त्यसको अर्थ पार्टीमा आएका सबै भिन्न विचारहरुलाई हामीले अनुशासन विहीन र फुट परस्त भन्दैनौँ । पार्टीका सबै साथीहरुलाई आफ्ना मतभेदहरु प्रकट गर्ने अधिकार हुन्छ र त्यस्ता भिन्न विचारहरुलाई हामीले सम्मान पनि गर्दछौँ ।

    त्यस्ता मतभेदहरु भएपनि प्रथम, त्यस प्रकारका सबै मतभेदहरुलाई पार्टीको विधान र अनुशासन अन्तर्गत रहेर नै प्रकट गर्नुपर्दछ । द्वितीय, मतभेद भएपनि एकपल्ट बहुमतद्वारा निर्णय भएपछि तिनीहरुलाई पालना र कार्यान्वयन गर्नु सबै पार्टी सदस्यहरुको दायित्व हुन्छ ।

    पार्टीमा मतभेद राख्ने इमान्दार र अनुशासित साथीहरुले सँधै त्यही प्रकारको तरिका अपनाउने गर्नुभएको छ । तर केही साथीहरुले पहिलेदेखि नै आफ्ना मतभेदहरुलाई अनुशासन विहीन वा गुटबन्दीका रुपमा अगाडि बढाउने र त्यसका आधारमा पार्टीमा फुट पार्ने प्रयत्न गर्दै आउनुभएको थियो । अहिले सुदूरपश्चिममा फुटेर गएका कतिपय साथीहरुको पनि पहिलेदेखि नै त्यही प्रकारको भूमिका रहँदै आएको थियो । हामीले कैयौँपल्ट आलोचना गर्ने, पार्टीभित्र सामान्य अनुशासनको कारबाही गर्ने र त्यसरी सुधार्ने प्रयत्न गर्दै आएका थियौँ ।

    त्यसरी धेरै साथीहरुले आफूलाई सुधारेर पार्टीमा अनुशासित र सक्रिय भएर काम पनि गर्नुभएको छ । तर केही साथीहरुको त्यसरी सुधार हुन सकेन र उहाँहरुले आफ्ना पहिलेदेखिका अनुशासन विहीन र गुटबन्दीजन्य कार्यहरुलाई फुटपरस्त गतिविधिको रुपमा बाहिर ल्याउनु भयो । त्यसो गर्दा उहाँहरुले कतिपय इमान्दार र अनुशासित साथीहरुलाई पनि भ्रम पारेर आफ्ना साथमा फुटाएर लगेको कुरा पनि सत्य हो ।

    हामीले आशा गर्दछौँ, त्यसप्रकारका इमान्दार साथीहरु भ्रमबाट मुक्त भएर पार्टीमा फर्कनु हुनेछ र त्यसका लागि हामीले उहाँहरुसित आग्रह पनि गर्दछौँ । जुन साथीहरुले सनियत नै हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चालाई फुटाउने काम गर्नुभएको छ, उहाँहरुको फुटपरस्त गतिविधिमा कुनै सैद्धान्तिक र राजनीतिक औचित्यता छैन । उहाँहरुले निराधार र व्यक्तिगत आरोपहरु लगाएर नै पार्टीमा फुट पार्ने प्रयत्न गर्नुभएको छ । त्यसैले उहाँहरु छिटै नाङ्गीएर जानुहुनेछ भन्ने हामीलाई विश्वास छ ।

    २.सुदूरपश्चिमको फुटपरस्त गतिविधिका सन्दर्भमा कतिपय अनलाइन वा पत्र–पत्रिकाहरुले त्यो फुट नेकपा (माओवादी केन्द्र)मा मिल्न जानको लागि नै भएको भन्ने समाचारहरु पनि प्रकाशित गरेका छन् । निश्चयनै कतिपय सुत्रहरुबाट त्यस प्रकारका समाचारहरु आएका पनि छन् । त्यसबारे हाम्रो पार्टीमा छलफल पनि भएको थियो । तर त्यो छलफल पछि हाम्रो पार्टी यो निश्कर्षमा पुगेको थियो कि उनीहरु माओवादीमा जाने प्रकारका समाचारहरु आएको भए पनि त्यस प्रकारका समाचारहरुको आधिकारीक रुपमा पुष्टी भएको थिएन ।

    त्यो अवस्थामा फुटपरस्त तत्वहरुमाथि त्यस प्रकारका आरोपहरु लगाउनु सही हुँदैन भन्ने नै हाम्रो पार्टीको निष्कर्ष थियो । कतिपय अनलाइन वा पत्र–पत्रिकाहरुले त्यस प्रकारका अपुष्ट समाचारहरु बाहिर ल्याएकोप्रति हाम्रो ध्यानाकर्षित भएको छ । हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि, कतिपय सुत्रहरुबाट त्यस प्रकारका समाचारहरु आएको भएपनि हाम्रो पार्टी आधिकारीक रुपमा त्यस प्रकारको कुनै निष्कर्षमा पुगेको छैन ।

    यदि उनीहरुको माओवादी वा अन्य कुनै पक्षसित सौदावाजी वा साँठगाँठ भएको भए आउने दिनहरुमा त्यो कुरा आफै प्रष्ट हुनेछ । तर हामीले अहिले सुदुरपश्चिममा हाम्रो पार्टीबाट फुटेर जाने फुटपरस्त तत्वहरुबारे त्यस प्रकारको धारणा नबनाएको कुरा पनि जानकारी गराउन चाहन्छौँ ।’
    मितिः २०७८–०५–१५ गते
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.