काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले प्रगतिशील साहित्यकार आनन्ददेव भट्टप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति प्रकाशित गरी आनन्ददेव भट्टको मृत्युबाट नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा गम्भीर क्षति हुन पुगेको बताउनुभएको छ ।
शोक विज्ञप्तिमा भनिएको छ, ‘प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा प्रगतिशील साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको २०७८ भाद्र १४ गते ८६ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । भट्टले नेपाली प्रगतिशील साहित्यिक आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँको मृत्युबाट नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । अन्तमा हामीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’