काठमाडौँ । फुटपरस्त तथा अनुशासनविहीन तत्त्वको पङ्क्तिबाट गोरबहादुर विक अलग हुनुभएको छ ।
Advertisement
उहाँलाई गत भदौ ८ र ९ गतेको धनगढीमा भएको भनिएको भेलाबाट फुटपरस्त तत्त्वहरूले कैलाली जिल्लाको उपाध्यक्ष बनाएका थिए ।
विकले २०७८ भदौ १४ गते प्रेसविज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । उहाँलाई फुटपरस्त तत्त्वले राष्ट्रिय जनमोर्चाको भेला छ भनी धनगढी होटलमा बोलाएका थिए ।
“पछि सबै कुरा राम्ररी बुझ्दा त्यो भेला फुटपरस्तको भएकाले म सुदूर पश्चिम प्रदेशमा नन्दराज भट्टको नेतृत्व र कैलालीमा दयाराम सन्ज्यालको नेतृत्वको संस्थापन पक्षमा नै रहेको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछु” विकले अगाडि भन्नुभएको छ– “फुटपरस्तको भ्रममा नपर्न म सबै कार्यकर्ता तथा शुभचिन्तकमा अनुरोध गर्दछु ।”
