बागलुङ बजार । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम बागलुङद्वारा राष्ट्रिय जनमोर्चाका साधारण सदस्य तथा ज्येष्ठ नागरिक खडकबहादुर थापाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
९५ वर्षको उमेरमा भदौ १० गते उहाँको निधन भएपछि शोक व्यक्त गर्दै २०७८ भदौ १४ गतो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा राजमो वडासमितिका अध्यक्ष विष्णु कँडेल, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, राजमो काठेखोलाका सचिव टीकसङ्गम विक, अखिल नेपाल किसान महासङ्घ बागलुङका सदस्य दिलबहादुर पुन, राजमो तङ्ग्रामका उपाध्यक्ष थिरबहादुर राना, सदस्य नरबहादुर थापा, शुभचिन्तक भीम विक, गणेश पुन, देवबहादुर थापालगायत राजमो तङ्ग्रामका कार्यकर्ताले श्रद्धाञ्जली दिनुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन लक्ष्मण पुनले गर्नुभएको थियो ।
