बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको दोस्रो सम्मेलनपछिको प्रथम भेला अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७८ भदौ १२ गते बुटबलको चादबारी कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष केसीले प्रतिगमनको खतरा पूर्ण रूपमा अझै समाप्त भइनसकेको बताउनुभयो । प्रतिगमन तत्काल पराजित भए पनि राजनीतिक पार्टी र नेपाली जनताको उच्च सतर्कताले मात्र लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता संस्थागन हुन सक्ने बताउनुभयो ।
अहिले अनुशासनविहीन तत्त्वहरूले देशभरि गुटबन्दी गरिरहेको प्रसङ्गमा उहाँले सम्पूर्ण कार्यकर्तालाई अनुशासन कायम राख्न र अनुशासनविहीन प्रवृत्तिको विरोध गर्न आग्रह गर्नुभयो ।
भेलाले ११ पूर्ण चार वैकल्पिक र पाँच सल्लाहकारसहितको नगर समिति चयन गरेको छ । समितिमा अध्यक्ष पदम श्रेष्ठ, उपाध्यक्ष केपी पोखरेल, सचिव गङ्गालाल सापकोटा, सहसचिव गोपाल बन्जाडे र कोषाध्यक्ष माया खनाल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा अमृता पुन, दिलप्रसाद नेपाली, दीपक थापा, गनिराम बिसी, गुनकुमारी रेश्मी र रेणुसिंह तथा वैकल्पिक सदस्यमा दीपक थापा, दिनेश पोखरेल, थानबहादुर पुन र शेरबहादुर थापा रहनुभएको छ ।
भेलाले सल्लाहकारमा तुल्सीराम शर्मा, टानबहादुर केसी, मुक्तिराम सापकोटा, कृष्ण केसी र रामप्रसाद पाण्डे चयन गरेको छ ।
कार्यक्रममा राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मालगायतको आतिथ्यता रहेको थियो ।
