काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले बलराम सापकोटा (का. सलाम) को मृत्युले पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित गरी सापकोटाको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
बाराको जितपुर–सिमरा नगरपालिका–१४ जोर्लाई निवासी सापकोेटाको ६९ वर्षको उमेरमा यही भदौ ८ गते निधन भएको थियो ।
वक्तव्यमा भनिएको छ, ‘बारा जिल्ला जितपुर–सिमरा नगरपालिका–१४ जोर्लाई निवासी कामरेड बलराम सापकोेटा(का. सलाम)को २०७८ भाद्र ०८ गते ६९ वर्षको उमेरमा मृत्यु भएको छ । का. सापकोटाको मृत्युप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँ हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ट र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।’
राजमो बाराका सदस्य सापकोटाको अन्त्येष्टि