• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वागमती प्रदेश : मध्यावधि निर्वाचनको बाटोमा ?


  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेमा भएको विभाजनको असर वागमती प्रदेशमा परेको छ । माधव नेपाल पक्षमा रहेर मध्यमार्गी भूमिकामा रहेकी अष्टलक्ष्मी शाक्यलाई नेपालको नयाँ पार्टीमा जानबाट रोक्न एमालेले रातारात मुख्यमन्त्री बनायो ।

    Advertisement

    फुटको घटनाले अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद मिले पनि सरकारको आयु भने धेरै लामो देखिँदैन । माधवकुमार नेपालको साथ पाएर मुख्यमन्त्री बनेकी शाक्य केपी ओलीको पार्टीमा खुलेपछि नेपालको साथ नपाउने पक्का छ ।

    नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको दाबी गर्नुभएको छ । उहाँले एमालेमै बस्ने हो भने शाक्यले विश्वासको मत नपाउने बताउनुभयो ।

    ‘वागमती प्रदेशमा एमालेका ५६ जना थियौं, ५५ भए बहुमत पुग्थ्यो । अब २१ दिनभित्र सांसदहरुले पार्टी रोज्न पाउँछन्’ पाण्डेले भन्नुभयो, ‘त्यसैले अष्टजी अल्पमतमा परिसक्नुभयो । उहाँले हामीसँग आए विश्वासको मत दिने हो । आउनुभएन भने उहाँको पद धरापमा पर्छ ।’

    मुख्यमन्त्री शाक्यले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । एमालेको एकल बहुमत भएकाले सबैले पक्षमा मतदान गरेमा शाक्य विश्वासको मत लिन सफल भई आगामी निर्वाचनसम्म मुख्यमन्त्री रहनुहुने छ । तर, वागमती प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये माधव नेपाल पक्षमा रहेको सांसदको साथ नपाए नयाँ परिस्थिति विकास हुन्छ । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्न सक्छन् ।

    वागमतीमा ११० सांसदमध्ये एमालेका ५६ मध्ये विगतमा माधव नेपालको पक्षमा २२ जना थिए । अष्टलक्ष्मी शाक्यले साथ छाडेपछि यो संख्या घटेर १० भन्दा कम रहेको बुझिएको छ । विभाजित पार्टीमा १० भन्दा कम सांसद गएकाले गठबन्धनको पनि बहुमत पुग्दैन ।

    यद्यपी प्रदेशमा नेपाल समूहका २१ जना सदस्यमध्ये ६० प्रतिशतभन्दा बढी सांसद एकीकृत समाजवादीको पक्षमा उभिएको नेता पाण्डेको दाबी छ ।

    बहुमतको सरकार गठनका लागि आवश्यक ५६ सांसदका लागि माओवादी केन्द्रको २३ र नेपाली कांग्रेसको २२ जनामा थप ११ जना आवश्यक पर्छ । माधव नेपाल समूहमा १० भन्दा कम छ । त्यसबाहेक विवेकशील साझा पार्टीका ३, राप्रपाका २, नेपाल मजदूर किसान पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । गठबन्धनलाई राप्रपा र नेपकिपाको साथ मिल्ने सम्भावना लगभग छैन । विवेकशीलले साथ दिँदा माधव नेपाल पक्षमा कम्तिमा ८ जना हुनुपर्छ ।

    वागमतीमा कसैको पनि बहुमत नपुग्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले अष्टलक्ष्मी शाक्य नै मुख्यमन्त्री रहने, फेरि बहुमतको सरकार गठनको आव्हान हुने र त्यो बन्न नसके मध्यावधि चुनावमा जान सक्छ ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.