काठमाडौँ । निर्वाचन आयोगले दलदर्ताका लागि निवेदन दिएका दुई दलहरू नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि २०७८ भदौ ९ गते बुधबार बोलाएको छ ।
Advertisement
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । सोअनुसार बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म आयोगमा उपस्थित भएर नेताहरूले आफ्नो सनाखत गर्नुपर्ने छ ।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।