जनकपुरधाम । आफ्नै बुवा र श्रीमतीको हत्या गरेर आँपको बगैचामा गाडेको आरोपमा छोरा पक्राउ परेका छन् । धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको प्रहरीले जनाएको छ ।
Advertisement
५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ ।
भागेन्द्र करिब १० वर्षदखि वैदेशिक रोजगारमा थिए । चार महिना पहिला मात्र उनी रोजगारीबाट घर फर्केका थिए । ससुरा र बुहारी बीच अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ ।
प्रहरीले मृतक दुवै जनाको शव मण्डलको घरदेखि करिब एक सय मिटर उत्तर आँपको बगैचामा खाल्डोमा गाडेको अवस्थामा फेला पारेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।