बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नं. ४ सल्यानको भेला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको विशेष उपस्थितिमा २०७८ भाद्र ५ गते सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधनको क्रममा प्रमुख अतिथि ढुङ्गानाले समसामयिक राजनीतिको चर्चा गर्दै सङ्घीयताको दुष्परिणाम देखिन थालेको बताउदै नेपाली जनता यसका विरुद्ध सङ्गठित प्रकारले लाग्न आह्वान गर्नुभयो ।
भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा र अखिल नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले चेतमान खत्रीको अध्यक्षता ११ सदस्यीय राष्ट्रिय जनमोर्चा सल्यान वडासमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कुलबहादुर खत्री, सचिवमा खड्कबहादुर पुन, सहसचिवमा नरबहादुर खत्री र कोषाध्यक्षमा राधिका शर्मा गौतम रहनुभएको छ भने सदस्यमा नरबहादुर खत्री, कृष्णबहादुर खत्री, दलबहादुर खत्री, जमुना खत्री, विष्णु खत्री र इश्वारा खत्री रहनु भएको छ ।