काठमाडौं । अफगानिस्तानबाट आएका मध्ये एक जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । सामाखुसीस्थित नेपाली सेनाको आइसोलेसनमा गरिएको एन्टिजेन परीक्षणमा एकजनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
रिपोर्ट पोजिटिभ आएका नेपालीलाई भने सोही आइसोलेसनमा राखिने भएको छ । यस्तै नेपाली मुलका ९ जना भारतीय नागरिकलाई भने नेपालस्थित भारतीय दूतावासको जिम्मा लगाइने भएको छ ।
उनीहरुलाई भारत जाने व्यवस्था दूतावासमार्फत नै गर्न लागिएको हो। नेपालीहरु भने स्वास्थ्य मापदण्डको पालना गरेर आजै आ–आफ्नो घरतर्फ जानेछन् ।
अफगानिस्तानमा अमेरिकी क्याम्पमा काम गर्ने ११८ जना नेपाली बिहान सवा १० बजे काठमाडौं आइपुगेका हुन् । नेपालीसँगै नेपाली मुलका ९ जना भारतीय पनि काठमाडौं आएका छन् ।