• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बुद्धिष्ट सभ्यताको पुरातात्विक अन्वेषण र संरक्षण गर्न आवश्यक : दुर्गा पौडेल


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले कपिलवस्तु र लुम्बिनीमा बुद्ध सभ्यता भन्दा पहिला पनि अन्य सभ्यता भएकोले त्यसको खोजी गरिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    सोमबार प्रतिनिधि सभामा बोल्दै उहाँले ती सबै स्थानको अन्वेषण गरे कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मिलाएर बुद्धिष्ट सभ्यताको विशाल शहर बनाउन सकिने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद पौडेलले कपिलवस्तु, रुपन्देही र नवलपरासीका पूरातात्विक सभ्यताको खोजी गरे बुद्धिष्ट सभ्यताको विशाल शहर बन्ने तर्क समेत गर्नु भयो ।

    यस्तो छ सांसद पौडेलको मन्तव्यः
    सम्माननीय सभामुख महोदय,
    १. वर्तमान लुम्बिनी र तिलौराकोटको प्राचीन इतिहास अत्यन्त भव्य र गौरवमय छ ।

    २. तर शताब्दियौँसम्म ती दुबै स्थानहरु जङ्गलमा हराएपछि कैयौँ देशी र विदेशी शोधकर्ताहरुको अथक प्रयत्न पछि तिनीहरु प्रकाशमा आए र अहिले ती दुबै स्थानहरु अन्तराष्ट्रिय महत्वका पर्यटन केन्द्रहरु बनेका छन् ।

    ३. लुम्बिनी र तिलौराकोट दुवै ठाँउमा धेरै नै पुरातात्विक उत्खनन्को काम भएको छ र ती दुवै स्थानहरुको पुरानो इतिहास धेरै नै प्रकाशमा आएको छ । तर प्रश्न खाली लुम्बिनी र तीलौराकोटको मात्र होइन, कपिलवस्तु, रुपन्देही र नवलपरासीको देवदहसम्म बौद्धिष्ट सभ्यताका सयकडौँ स्थानहरु पाईन्छन् ।

    जस्तैकि निग्लिहवा, सगरहवा, कुदान, गोटिहवा, धानखोला, शिवगढी, सोनागढ, चनाघाट, खुरुरिया, बेदमौं, परशुरामपुर, पत्थरकोट, अमौली, कोपवा, बिकुली, श्रीनगरा, बेल्होवा, कोटहीकोट, जहादी, अरौराकोट, चेत्रादेइ, धम्निहवा, लोहसौडिया, रेहरा, औरहिया, रामघाट, डेरवा, पट्खहवा, आनन्दवाग, मुर्चहवा, बर्दहवा, लम्तिया, दलदलाहा, डङ्गरी, पिपरी, सिंहखोर, हर्देवा, बभनीकोट, हर्दाैना, कड्जहवा, दोहनी, सिसनीयाकोट, बेलुहवा, बिजुवा, मनखोरिया, धर्मपानीया, बिमियाकोट, मुडफुटुवा, दुईमुनिया, छोटी सिसनिया, बढी सिहनीया, सोहसयतरिया, परोरा, मनौरी, कालीदह, पैसीया, देवदह, बञ्जराही, निपनिया, पिपरहवा, पर्राेहा, सैनामैना, भुतकुवा, लक्ष्मीपुर आदि ।

    ४. कतिपय शोधकर्ताहरुले यो पनि विचार प्रकट गरेका छन् कि, रुपन्देही वा कपिलवस्तुमा बौद्ध सभ्यता भन्दा पहिलेका पनि कैयौं सभ्याताहरुका अवशेषहरु पाईन्छन् ।

    ५. ती सबै स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गर्ने हो भने कपिलवस्तु, रुपन्देही र नवलपरासीको पश्चिमी भागसम्मका सबै पुरातात्विक र ऐतिहासिक ठाउँहरुलाई मिलाएर बुद्धिष्ट सभ्यताको एउटा विसाल शहरको निर्माण हुन सक्नेछ ।

    ६. त्यो अन्तर्राष्ट्रिय महत्वको बुद्धिष्ट शहर बन्न जानेछ र पर्यटकिय दृषिकोणले पनि त्यो अन्राष्ट्रिय महत्वको पुरातात्विक शहर हुनेछ ।

    ७. त्यसको लागि एउटा विस्तृत डीपीआर तयार पारेर काम शुरु गर्नु पर्दछ ।

    ८. त्यस प्रकारको शहरको निर्माणको लागि ठुलो धनराशी र प्राविधिक ज्ञान आवश्यक हुनेछ ।

    ९. तर त्यो रकम जुटाउन कुनै खास कठिनाई हुनेछैन ।

    १०. एक पटक त्यो योजना वा डीपीआर तयार पारेपछि संयुक्त राष्ट्रसंघ र बिभिन्न बुद्ध धर्मावलम्बि देशहरुबाट त्यसका लागि आवश्यक रकम जुटाउन गाह्रो पर्नेछैन ।

    ११. त्यो शहरको नाम ग्रेटर लुम्बिनी, बुद्धभूमी वा अरु कुनै उपयुक्त नाम राख्न सकिनेछ ।

    १२. त्यस प्रकारको शहरको निर्माणको लागि विशेष ध्यान दिन मैले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहान्छु ।

    (२०७८ साउन ३२ गते प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संसदमा व्यक्त गर्नुभएको मन्तव्य)

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.