शंकरप्रसाद पोखरेल, गुल्मी ।
प्युठान नगरपालिका-६ माझकोटमा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल युवक संघको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले राजमो र युवक संघको वडा समिति पुनर्गठन गरेको छ ।
राजमोको वडा अध्यक्षमा थम्मन घर्ती चयन हुनुभएको छ । १७ सदस्यीय समितिको उपाध्यक्ष डोर बहादुर गोयल, सचिव हिरा भण्डारी, सहसचिव नादन पुन र कोषाध्यक्ष साबित्रा घर्ती रहनुभएको छ ।
त्यसैगरि अखिल नेपाल युवक संघको भेलाले जनक गयल मगरको अध्यक्षतमा १५ सदस्य वडा समिति निर्माण गरेको छ । समितिको उपाध्यक्ष ससिराम पुन, सचिव कुल बहादुर गयल, सहसचिव सचिन पुन र कोषाध्यक्ष रेशम गयल रहनुभएको छ ।
यसैगरी सदस्यहरूमा नन्धन पुन, खुमान सिंह पुन, नरेन्द्र पुन, रुकमान पुन, महेन्द्र पुन, जुठाराम पुन, भागिराथ घर्ती, पुनाराम पुन, हिरा भण्डारी, लिला गयल, डोर बहादुर पुन, ओविराम बैजाली, चोल बहादुर गुरुङ, डोर बहादुर गयल र गंगाराम बैजाली रहनुभएको छ।
भेलामा राजमो नेताहरु पद्मा पन्डित, ध्रुव थापा, युवक संघका उपाध्यक्ष कमल पौडेललगायत नेतारूको उपस्थिति थियो ।