• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दर्शन


  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    Philos (प्रेम) र Sophia ज्ञानलाई प्रेम गर्नु भन्ने अर्थमा सुरु भएको ज्ञानको व्यवस्थित रूप दर्शन हो । यसलाई अङ्ग्रेजीमा Philosophy, नेपाली, हिन्दी र संस्कृतमा दर्शनबाट पुकारिन्छ । यसले प्रकृति र मानव समाजको चालक नियमसमेत बताउँछ ।

    Advertisement

    आफ्नै नियम र गति भएको प्रकृतिसँग समाजको सुरुदेखि नै सोझै सम्बन्ध थियो । प्रकृतिले आफ्ना गतिविधि बढाउँथ्यो । मान्छेहरूलाई त्यो गतिको नियम थाहा थिएन । चेतनास्तरअनुसारको सङ्घर्ष गर्दथे । सचेत प्रयत्न कम थियो र स्वाभाविक प्रतिकृया बढी थियो । विश्वदृष्टिकोणको आधारमा विश्लेषण गरिने हुनाले विश्वदृष्टिकोण नै प्रस्थानविन्दु थियो ।

    बाढी आउँथ्यो, मानव बस्तीमा पसेर मान्छेसमेत सबै बगाउने गर्दथ्यो । कति समय अझ कति बाढी आउने हो ? थाहा थिएन । सामान्य किसिमले हामीसित रिसाएर हामी सबैलाई लैजान कस्सियो भन्ने अर्थ लगाएर एक जनालाई धेरैले समातेर बाढीमा फ्याँकिदिन्थे । केही छिनपछि घट्ने गर्दथ्यो । उनीहरूले समयमै बुद्धि पुर्याएको अनुमान लगाउँथे । त्यसरी नै ढुङ्गा, रुखहरूले पनि क्षति गर्दा खुसी पार्न खाने, लाउने चिज चढाउने पनि गर्थे ।

    काम गर्ने तरिका सिद्धान्तमाथि आधारित हुन्छ । सिद्धान्तको विकास काम गर्ने तरिकामाथि निर्भर गर्दछ । काम गर्ने तरिकाले सिद्धान्तको प्रयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

    मानवज्ञानको दायरा फराकिलो हुँदै गयो । एकातिर, मानवज्ञानका विभिन्न शाखा दर्शनबाट अलग हुँदै गए, अर्काेतिर दर्शन आफै पनि विभाजित भयो ।

    विभाजन भएको दर्शनमा भौतिकवादले आर्दर्शवादसँग सङ्घर्ष गर्दै आफूलाई निरन्तर नवीकरण गर्दछ । आदर्शवादले रूढीवादी तरिका र भौतिकवादले प्रयोग, प्रमाण, व्यवहार र विज्ञानका मूल्यमान्यतालई पक्रेर अगाडि बढ्ने गर्दछन् । यिनीहरूका कारण र श्रोत सामाजिक वर्ग र ज्ञान शास्त्रीयवर्गमा विभाजित हुन्छन् । दर्शनले सम्पूर्ण श्रमिक जनताको वैज्ञानिक विश्वदृष्टिकोण निर्माण गर्न एउटा साधनको रूपमा काम गर्छ । राजनीतिलाई दर्शनको कसीमा घोट्दा राजनीतिक आन्दोलनमा एकता, टुटफुट, उपगुट आदिको कारण र रहस्यभित्र भइन्छ । अन्धविश्वासले घटनालाई दार्शनिकीकरण नगर्न सल्लाह दिन्छ ।

    दर्शनको सुरुवात तीन हजार वर्षपहिले भएको हो । त्यतिखेर समाजमा दासव्यवस्था प्रचलित थियो । समाज अहिलेको तुलनामा धेरै पिछडिएको अवस्थामा भएकाले मानिसका आवश्यकता पूरा गर्न कडा परिश्रम गर्नुपर्दथ्यो । दासलाई त समय थिएन नै, मालिकमध्येका केहीले चिन्तन मनन गरेर प्रकृति र समाजको उत्पत्ति, यसको गतिशीलताबारे मानव समाजको आवश्यकताकै रूपमा दर्शनको सुरुवात गरे । त्यतिखेर मान्छेले जानेजतिका कुरा सबैलाई दर्शनले समेट्न सक्दथ्यो । जति जानेका थिए, त्यो विभाजित थिएन । मानव ज्ञानजति सबै दर्शनकै भाग थियो ।

    मानवज्ञानको दायरा फराकिलो हुँदै गयो । एकातिर, मानवज्ञानका विभिन्न शाखा दर्शनबाट अलग हुँदै गए, अर्काेतिर दर्शन आफै पनि विभाजित भयो । इतिहास, भूगोल प्राणीशास्त्र, वनस्पति शास्त्रजस्ता विषय दर्शनबाट अलग हुँदै गएर दर्शनमा पनि भौतिकवादी दर्शन र आदर्शवादी दर्शन गरेर दुई परस्पर विरोधी ज्ञानका रूपमा विभाजित भए । जुन जुन दार्शनिकले प्रकृति र जीवनको उत्पत्तिको साथै गतिशीलताको विषयमा पदार्थलाई प्रमुख माने, उनीहरू भौतिकवादी शाखाअन्तर्गत रहे । जजसले चेतनालाई प्रमुख माने, उनीहरू आदर्शवादी शाखाअन्तर्गत रहे । आदर्शवादीमध्ये पनि भिन्नै वस्तु वा परम चेतनालाई कारण माने, उनीहरू वस्तुगत आदर्शवादी र आफ्नै शरीरभित्रको आत्मलाई प्रमुख माने, आत्मगत आदर्शवादीमा पर्ने गरी विभाजित भए । यो विभाजनको समय ईसापूर्व चौथो शताब्दीदेखी ईसापूर्व पहिलो शताब्दीसम्मको अवधि थियो ।

    पदार्थबिना गति हुन्न र गतिबिनाको पदार्थ पनि हुन्न । त्यसकारण गति आफै विरोधको प्रतिक हो ।

    समाजमा दास र दासमालिक अथवा शोषक र शोषित भई भएको विभाजलाई भने ईश्वरीय कारण मान्दथे । दासलाई ईश्वरले नै दुःखी, अपहेलित र तल्लो श्रेणीको हुने गरी ईश्वरले नै मालिकबाट छुट्टै बनाएर सृष्ट गरेका भनेर बयान गर्दथे । त्यतिखेरसम्म समान हैसियतका सबै मान्छे हुने, बनाउने वा बनाउन सकिने ज्ञानको विकास भएको थिएन ।

    माक्र्सवादी–लेनिनवादी दर्शनले विश्वदृष्टिकोण निर्माण गर्न सहयोग गर्दछ । विश्वमा हरेक वस्तु, हरेक घटना र हरेक परिवर्तन परस्पर विरोधी पक्षको विरोधी गतिको कारणले हुने गर्दछन् । हरेक चिज विरोधी प्रकृतिका छन् । जीवन–मरण, उदय–अस्त, उकालो–ओरालो, उज्यालो–अँध्यारो, पूर्व–पश्चिम, धनी–गरिब, महिला–पुरुष आदि सबै परस्पर विरोधी पक्ष हुन् । विरोधी पक्षबिच एकता भएर मात्रै अस्तित्वको रचना भएको हुन्छ । विरोधी पक्षका गतिविधि पनि विरोधी हुन्छन् । त्यही विरोधी कार्य हुने भएकाले गतिको सुरुवात हुन्छ ।

    पदार्थबिना गति हुन्न र गतिबिनाको पदार्थ पनि हुन्न । त्यसकारण गति आफै विरोधको प्रतिक हो । जुनसुकै वस्तु आफै सम्पूर्ण हुन्छ र विभिन्न भाग मिलेर बनेको हुन्छ । हाम्रो शरीर आफै पूर्ण छ र यो हातखुट्टा, जिउ र टाउको मिलेर बनेको हुन्छ । हात आफै सम्पूर्ण हो । पन्जा, नाडी, पाखुरा र कुम आदि भाग मिलेर बनेको हुन्छ । परिवार आफै सम्पूर्ण हो । त्यो लोग्नेस्वास्नी, छोराछोरी मिलेर बनेको हुन्छ । यस्तै यस्तै प्रकृतिका हरेक वस्तु फरक–फरक पक्ष मिलेर सम्पूर्ण भई अस्तित्त्वमा आएका हुन्छन् । ती हरेक सम्पूर्ण अर्काे सम्पूर्ण भई अस्तित्वमा आएका हुन्छन् । ती हरेक सम्पूर्ण अर्काे सम्पूर्णका अंश हुन्छन् । परिवार समाजको अंश, समाज देशको अंश र देश महादेशको अंश, साथै महादेश पृथ्वीको अंश र पृथ्वी शौर्यमण्डलको अंश ।

    समाजमा वर्ग छ । वर्ग परस्पर विरोधी प्रकृतिका हुन्छन् । त्यसैले एउटा वर्गको अधिनायकत्वको मातहतमा नियम, कानुन र व्यवस्था चलेको हुन्छ । त्यसैले व्यवस्था बचाउने र व्यवस्था भत्काउने गरी परस्पर विरोधी राजनैतिक पार्टी गठन भएका हुन्छन् । तिनीहरूले आफ्नो वर्गीय स्वार्थअनुकूल काम गर्छन् । एउटा वर्गलाई जोगाउने, हुर्काउने र विरोधी वर्गलाई दबाउने, बढ्न नदिने गरी सङ्गठित शक्तिको रूपमा राज्यसत्ता गठन भएको हुन्छ । बहुमत जनताको साथ र सहयोग चाहिने हुनाले आफूलाई सबै जनताको पक्षपाती भने पनि कारोबार पाखा पार्ने उसको काम हो । यी सबै विश्वदृष्टिकोण निर्माण गर्ने तत्त्व हुन् ।

    दर्शनमा सत्ताको विज्ञान ज्ञानको सिद्धान्त र तर्कशास्त्र तीन वटै पक्ष सामेल हुन्छन् । सत्ताको विज्ञान सबैभन्दा शक्तिशाली हुन्छ ।

    दर्शनमा सत्ताको विज्ञान ज्ञानको सिद्धान्त र तर्कशास्त्र तीन वटै पक्ष सामेल हुन्छन् । सत्ताको विज्ञान सबैभन्दा शक्तिशाली हुन्छ । सत्तासिनहरूले दोहोरो तरिका प्रयोग गर्छन् । एकातिर, दमनको तरिका प्रयोग गर्छन; अर्काेतिर, उदारताको नीति पनि प्रयोग गर्छन् ।
    राज्यसत्ता त्यस समयको प्रचलित व्यवस्थाको प्रतिनिधि संस्था भएकाले त्यस समयको वौद्धिक शक्ति पनि हुन्छ । सत्ता सञ्चालकले बहुमत जनताको सहयोग समर्थन पाउनुपर्ने हुनाले जनतामा धार्मिक कृयाकलापलाई बलियो हतियारको रूपमा उपयोग गर्ने काम पनि गर्दछ । अर्काेतिर, सर्वसाधारण जनताले राज्यसत्ताको दर्शनलाई आफ्नो दर्शन र राज्यसत्ताका प्रतिनिधिलाई आफ्ना प्रतिनिधि र नेतालाई आफ्नो नेता मान्ने हुनाले राजैतिक दल पनि सत्तापक्ष हुन् । आफ्ना विधान, नियमावलीसमेत संशोधन गर्ने होड नै चलाउँछन् । समग्रमा सत्ताको विज्ञान सबैभन्दा शक्तिशाली हुन्छ, बनाइन्छ र बनाउने प्रयत्न हुन्छ ।

    ज्ञानको सिद्धान्त महत्त्वपूर्ण भए पनि प्रचार प्रसारमा सत्तासिन वर्गले आफ्नो वर्गीय हितमा खलल पर्ने अवस्था भएमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर रोक्ने प्रयत्न गर्ने र आफ्नो वर्गीय हित अनुकूलको ज्ञानको प्रचार प्रसारमा जोड दिने गर्ने हुनाले ज्ञानको सही सिद्धान्त सर्वसाधारण श्रमजीवी जनताको पहुँचसम्म पुग्न सक्दैन । तर्क, विवेक पनि महत्त्वपूर्ण शक्ति त हो, तर परम्परागत राज्य संरचनाका विरुद्धको तर्कलाई प्रचलित बौद्धिक जमातबाट अलग्याइन्छ । तर्क, बुद्धि केका लागि ? भन्ने प्रश्न अगाडि ल्याएर सत्ताको विपक्षको तर्कको प्रचारमा अवरोध सृजना गरिन्छ । समग्रमा दर्शनको गहिरो अध्ययन र पक्षपोषणले श्रमजीवी वर्गको राज्यसत्ताका लागि काम गर्ने हुनाले आफ्नो स्वार्थ बचाई राख्न सम्पन्न वर्गले आदर्शवाद र धार्मिक कृयाकलापलाई हतियारको रूपमा प्रयोग गर्न सकेसम्मको प्रचार गर्ने हुनाले राज्यसत्ताको आमूल परिवर्तन गराउन वर्गसचेत कार्यकर्ता सङ्गठित हुनुपर्छ ।

    समाजवाद साम्यवाद सर्वहारा वर्गको व्यवस्था भएको हुनाले आफ्नो सर्वहाराकरणको अवस्था पनि बढाउँदै जाने गर्यौं भने हामी क्रान्तिकारी द्वन्द्वात्मक भौतिकवादलाई साथ साथ अघि बढाएका हुन्ने छौँ ।

    क्रान्तिकारी द्वन्द्ववादको आधारमा दर्शनको विकास हुन्छ । दर्शनको अध्ययन संसारलाई बदल्नको लागि भएकाले बदल्न सक्ने गरी योजना बनाउनुपर्छ । जीवनका उमेरअनुसारका आवश्यकता पूरा गर्दा गर्दै वर्ग महसुस गर्ने/गराउने र व्यावहारिक रूपमै मित्रता र सत्रुताको कामलाई अगाडि बढाएर आफू सेनासहितको सेनापति र विरोधीलाई भने सेनाबिनाको सेनापति बनाउन कोसिस गर्ने ।

    समाजवाद साम्यवाद सर्वहारा वर्गको व्यवस्था भएको हुनाले आफ्नो सर्वहाराकरणको अवस्था पनि बढाउँदै जाने गर्यौं भने हामी क्रान्तिकारी द्वन्द्वात्मक भौतिकवादलाई साथ साथ अघि बढाएका हुन्ने छौँ । माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको एकीकरण मात्र गरेनन्, विकसितसमेत गरे ।

    द्वन्द्वात्मक भौतिकवादलाई समाजमा समेत प्रयोग गरेर आमूल परिवर्तन गर्ने योजनामा सङ्गठन महत्त्वपूर्ण पक्ष भएको र सङ्गठनात्मक क्षेत्रमा ध्यान दिन समय अपुग भएका कारण उग्रवादी सङ्गठनको नकारात्मक परिणाम देखिएपछि स्वर्ग कब्जा गर्न गरिएको महत्त्वपूर्ण प्रयास भनेर प्रशंसा गर्न पुग्नुभयो ।

    समाजमा आमूल परिवर्तनका लागि अध्ययन र व्यावहारिक प्रयोग दुवै अत्यावश्यक हुन्छन् ।

    फेरि सङ्गठन एउटा व्यक्तिले मात्र बनाएर बन्ने अथवा बनाउन सक्ने कुरा मात्रै पनि होइन । दोहोरो प्रयत्न सङ्गठित हुने र सङ्गठित बनाउने दुवैको योजनाले मात्रै होइन, अध्ययन र व्यावहारिक परिपक्वता पनि त्यत्तिकै आवश्यक हुन्छ ।

    सर्वसाधारण शोषित, उत्पीडित वर्गको समक्ष राज्यसत्ता कब्जा भएपछि मात्र माक्र्सवादी दर्शनको पहुँचमा पुग्छन् अथवा पु¥याइन्छन् । यो सबै वर्गसङ्घर्षको काम अथवा राजनीति भएकाले समाजमा जान्ने, बुझ्ने हौं भन्ने सबैले राजनीति गर्छन् ।

    मानव इतिहास वर्ग सुरु भएको बेलादेखि नै वर्गसङ्घर्षबाट विजय–पराजय ब्यहोर्दै आएको छ भन्ने तथ्यसमेत पत्ता लाग्न नसकेको अवस्थामा ७२ दिन सत्ताकब्जा गरेर चलाउन सक्ने गरी भएको निर्देशन त्यसबेलाको सामाजिक अवस्थामा चानेचुने काम पक्कै पनि थिएन । लडाइँ जित्ने भनेर लड्ने हो । तर विजय हुन वा पराजय ब्यहोर्न धेरै पक्षले काम गरेर मात्र निश्चित भएको हुन्छ । माक्र्स र एङ्गेल्सका अनुयायी लेनिनका पालामा मात्रै त्यतिखेर भएको कमजोरीलाई सच्चाइए पनि सधैँका लागि हुन सकेन ।

    राज्यसत्ता ठुलो सङ्गठित रूप हो । दर्शनको अध्ययन मजदुरले आफ्नो वर्गको राज्यसत्ता गठन गर्नका लागि अध्ययन गर्छन् भने पुँजीपतिले जुनसुकै उपाय प्रयोग गरेर आफ्नो स्वर्ग गुम्न नदिन पनि दर्शनकै अध्ययन र समाजमा आफ्नो वर्गीय स्वार्थअनुरूप हुने गरी प्रयोग गर्दछन् । बिचको ठुलो आवादी भएका निम्न–पुँजीवादीले पनि आफ्नै वर्गस्वार्थअनुसार दर्शनको अध्ययन र व्यावहारिक प्रयोग गर्दछन् ।

    सर्वसाधारण शोषित, उत्पीडित वर्गको समक्ष राज्यसत्ता कब्जा भएपछि मात्र माक्र्सवादी दर्शनको पहुँचमा पुग्छन् अथवा पु¥याइन्छन् । यो सबै वर्गसङ्घर्षको काम अथवा राजनीति भएकाले समाजमा जान्ने, बुझ्ने हौं भन्ने सबैले राजनीति गर्छन् । आफूलाई जान्ने, बुझ्नेमा आफूलाई गिन्ती नगर्ने अनुयायीलाई आफ्नो दैनिक आवश्यकता पुग्ने काममा खटेको भन्दै जान्नेको अनुयायी भएको छु भन्दै दुःखकष्ट सहने क्षमता बढाउनेमा नै व्यस्त छन् । यी सबै जनता हुन् ।

    राज्यसत्ता घुम्ने कुर्सीको खेल हो । प्रत्येकका एउटा एउटा कुर्सी पुग्ने गरी खेल सुरु हुन्छ । घुमाउने क्रममा कुर्सी घटाउँदै व्यक्तिलाई फाल्टु बनाउँदै गर्दा आखिरमा एउटा मात्र कुर्सी हुने र त्यो कुर्सी बस्ने अधिकारी बन्ने भएपछि मात्रै विजेता घोषित भई खेल सकिन्छ । त्यो विजेता वर्गीय लडाइँमा उच्च बुद्धिको भई विजेता घोषित हुन्छ । सबै उसको वर्गका मान्छेले आआफ्नो योग्यतानुसार काम गर्छन् र त्यही समाजवादी व्यवस्था हुन्छ । त्यसकारण अहिलेको राजनीति आफ्नो वर्गको नेता छान्ने र नेता बनाउने र नेता भन्ने खिचातानीको काम सधैँ यस्तै रहन्न । जसको राजनीति सर्वाेत्तम हुन्छ, उही एउटा मात्रै सत्तासिन नेता बन्न पाउँछ । एउटाको राजनीति अर्काे नेता भएर अथवा वर्गको राजनीति गैरवर्गीय नेता भएको परिणाम त्यही खिचातानी हो । पुँजीपतिको नेता पुँजीपति र मजदुर वर्गको नेता मजदुर आफै नेता भए वा त्यस्ताको छनौट ठिक भए मात्र देशको राजनीतिमा स्थिरता आई विकासको गति तीव्र हुन्छ ।

    माक्र्सवादी दर्शन व्यवहारको दर्शन हो । सिद्धान्त व्यहाहार भन्दा मुख्य भए पनि त्यो सिद्धान्त फेरि व्यवहारकै लागि हो । माक्र्सवादले बुझ्ने भनेको बदल्नको लागि हो भन्दछ ।

    विरोधी पक्षबिच एकता भएकाले सुरु भएको अन्तरविरोध बढ्दै जाँदा सर्वहारा विश्वदृष्टिकोणले काम गर्दै जानु संसारलाई बुझ्न सक्ने र फेर्न सक्ने सामथ्र्य माक्र्सवादी दर्शनले दिन्छ ।

    माक्र्सवादी दर्शन व्यवहारको दर्शन हो । सिद्धान्त व्यहाहार भन्दा मुख्य भए पनि त्यो सिद्धान्त फेरि व्यवहारकै लागि हो । माक्र्सवादले बुझ्ने भनेको बदल्नको लागि हो भन्दछ । बदल्न सङ्गठित प्रयत्नको आवश्यकता पर्दछ । व्यवस्थित र लडाकु सङ्गठन बनाउने काम पनि बुझ्नेकै जिम्माको काम हो । त्यसकारण माक्र्सवाद बुझ्न जति आवश्यक छ, समाज बदल्ने काममा लाग्न पनि त्यत्तिकै आवश्यक छ ।
    सङ्गठन निर्माण गर्ने काम सबैभन्दा पहिले सिद्धान्त बुझाउने, राजनीति बुझाउने र पार्टीको विधानलगायतका दस्तावेज बुझाएर काममा सकृय बनाउने काम क्रमशः महत्त्वका साथ गर्दै अघि बढ्नुपर्छ । यो काम सजिलो भने पटक्कै छैन । कसैको पहिला गरे आफू कम्युनिस्ट हुन सकिन्न । नेतृत्व स्वीकार गर्नु, नेतृत्वको सम्मान गर्नु र नेतृत्वको पछि लाग्नु एउटै कुरा होइन । मुख्य प्रश्न आफ्नो बुद्धि, योग्यता, क्षमताको प्रयोगले नपुगेर नेतृत्वको सहयोग लिएको छ अथवा आफ्नो होइन, नेतृत्वकै योग्यता क्षमता प्रयोग गरिरहेको छ भन्ने हो ।

    पुस्तकको पुस्तकमै रहेको ज्ञान र अर्कोको साथमा रहेको धन आफूलाई काम गर्दा उपयोग हुन नसके जस्तै नेताको बुद्धिले आफ्नो अधिनायकत्व चल्दैन । आफ्नो बुद्धि र माक्र्सवादी दर्शनले दिएको ज्ञानका आधारमा अघि बढ्नुपर्छ ।

    हाम्रो जीवन सीमित अवधिको हुन्छ । संसारलाई बुझ्न सक्ने र फेर्न सक्ने सामथ्र्य माक्र्सवादी दर्शनले दिन्छ । हामीले आफ्नो जीवनलाई सफल बनाउन सक्नुपर्छ । त्यसका लागि आफै जिम्मेवार व्यक्ति हो । देशमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने र समाजवादको आधार तयार पार्न उच्चतम योगदान दिने व्यक्तिको सफल जीवन हुने हुनाले आफूभन्दा जान्ने र खट्ने गरेका नेतृत्वको सहयोगमा आफूले उच्चतम योगदान दिएर आफ्नो जीवनलाई सफल बनाउने काम पनि आफैले गर्नुपर्छ ।

    प्रकृतिको विषयमा, मानव समाजको विषयमा, मानव चिन्तन र मानव ज्ञानको विषयमा व्यवस्थित जानकारीको लागि अध्ययन–अध्यापन गर्यौं भने हामी दर्शनको विषयमा जानकारी लिइरहेका छौँ भन्ने बुझ्नुपर्छ । दर्शन तिनै विषयको व्यवस्थति जानकारी हो । दर्शनको समस्या पदार्थ र चेतना तथा चिन्तन र सत्यबिचको सम्बन्ध हो । यी दुवैको सम्बन्ध समाजमा भएका परस्पर विरोधी वर्गका आआफ्ना वर्गीय स्वार्थसँग सम्बन्धित छन् ।

    पदार्थ जस्तो छ, त्यस्तै विश्लेषण गर्न दिने हो भने सम्पन्न वर्गीय स्वार्थ तत्कालै उदाङ्गो हुन्छ । धेरै पुस्तादेखि चलाउँदै आएको र चल्दै आएको हैकम अथवा अधिनायकत्व छिट्टै समाप्त हुन्छ ।

    पदार्थ जस्तो छ, त्यस्तै विश्लेषण गर्न दिने हो भने सम्पन्न वर्गीय स्वार्थ तत्कालै उदाङ्गो हुन्छ । धेरै पुस्तादेखि चलाउँदै आएको र चल्दै आएको हैकम अथवा अधिनायकत्व छिट्टै समाप्त हुन्छ । त्यसकारण झुटले ढाकेर अथवा सत्यलाई गहिराइमा पारेर आफ्नो अधिनायकत्व चलाउनुपरेको हुनाले सङ्ख्यामा धेरै भएर पनि अथवा दिनदिनै दुःखकष्ट झेलेर भए पनि असत्यलाई सत्य भन्नुपर्ने भएको छ । सर्वसाधारण श्रमजीवी जनताको पहुँचभन्दा धेरै टाढा पुर्याइएको हुनाले उनीहरूले जीवनकालभरि सत्य थाहा पाउन नै सक्दैनन् । यसरी पुस्तौँपुस्तासम्म अन्यौलग्रस्त बनाइएको छ । सीमित मान्छेले बुझ्न सक्छन् ।

    श्रमजीवी वर्गीय स्वार्थको पक्षमा जानेर प्रचार प्रसार गर्न खोज्दछन् तर उनीहरूको प्रयास फलदायी हुन सक्दैन । त्यसको मुख्य कारण राज्यसत्ताजस्तो सङ्गठित शक्तिको आडभरोसामा धर्म र अघिल्लो पछिल्लो जुनीको र काल्पनिक मुक्तिको हौवा फिँजाएर वैचारिक हिसाबले निस्तेज पार्ने काम गरिन्छ । चिन्तनलाई सत्यको कसीमा घोट्ने परम्परालाई स्थापित र गतिशील बनाउने अभ्यास हुनै दिइन्न ।

    सत्यलाई सत्य सावित नगर्दासम्म असत्य भएर रहनुपर्छ, ठिक त्यस्तै असत्यलाई असत्य सावित नगर्दासम्म समाजमा सत्यको स्थानमा रहिरहेको हुन्छ । राजनीति त्यसैले वर्गसङ्घर्ष हो ।

    राजनीतिक घटनालाई दार्शनिकीकरण नगर्दा सम्पन्न वर्गीय स्वार्थपूर्तिमा सहयोग पुग्छ ।

    दार्शनिक ज्ञान प्राप्त गर्ने कुरा ज्ञान प्राप्त गर्ने चाहना हो । ज्ञान प्राप्त गर्ने कुरा ज्ञान र अज्ञानता, अन्धविश्वास र स्वतन्त्र चिन्तन, धर्म र विज्ञान आदिबिचको अन्तरविरोध हो ।

    दर्शन वर्गीय दृष्टिकोणभन्दा अर्काे हुन सक्दैन । त्यो आफ्नो समयको बौद्धिक सारतत्त्व र संस्कृतिको सजीव आत्मा हो ।

    दर्शन वर्गीय दृष्टिकोणभन्दा अर्काे हुन सक्दैन । त्यो आफ्नो समयको बौद्धिक सारतत्त्व र संस्कृतिको सजीव आत्मा हो । दर्शनको सामािजक भूमिका र कार्यभार एउटा वर्गको आधारभूत हितलाई त्यही वर्गको स्वार्थअनुकूल संसार फेर्ने प्रयत्नलाई निर्देशक सिद्धान्त दिने हो । शोषित–उत्पीडित वर्गको मुक्तिका लागि आफ्नो योग्यता, क्षमता र दृढ लगनशीलता प्रयोग गरी सहयोग पु¥याउनेको जीवन सफल जीवन हो । विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थ निर्माण गर्न चाहनेले संसार बुझ्नुपर्छ । त्यसपछि फेर्ने तरिका जान्नुपर्छ । बुझ्ने र फेर्ने सामथ्र्य माक्र्सवादी दर्शनले दिन्छ ।

    यथार्थ हाम्रो प्रस्थानविन्दु हो । त्यहीँबाट सुरु गरेर हामी अगाडि बढ्नुपर्छ । इमान्दार र प्रगतिप्रेमी मान्छेले सत्यको पक्ष लिनुपर्छ ।

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.