भानु जिसी ##
Advertisement
कोरोनाको नयाँ रोगलाई गर्दै जाऔँ सामना,
७८ साल तिजको शुभकामना ।।
चाइनाको वुहानबाट सुरु भयो कोरोना
विश्वको मानवले गरे सामना ।।
विश्वको अर्थतन्त्रका हुँदै छन् ध्वस्त,
सोच्न पनि गाह्रो छ मानव अवस्था ।।
अहिलेको अवस्थामा सबैलाई गाह्रो छ
पहिले पनि यस्तै रोगले आपत् ल्यारैछ ।।
कहिले होला मुक्ति पाउने मन सारै आत्तियो
जीवनका चुनौती साह्रै थपियो ।।
कोरोनाले जसलाई लग्यो हार्दिक श्रद्धाञ्जली छ
हस्पिटलमा भएकालाई स्वास्थ्यलाभ होस् ।।