काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले लुम्बिनी प्रदेश सरकारलाई शुभकामना दिएको छ ।
Advertisement
गठबन्धनका तर्फबाट नयाँ मुख्यमन्त्री बनेका कुलप्रसाद केसीलाई मसालले बधाई दिएको हो ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले मुख्यमन्त्री केसीलाई बधाइ र कार्यकालको सफलताको शुभकामना दिनुभएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा सम्मिलित माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी दलको गठबन्धनबाट आज कुलप्रसाद केसी मुख्यमन्त्री बन्नुभएको हो ।