धनवीर पुनमगर, नयाँदिल्ली ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत मुम्बईनजिक उमरगाममा नगर समिति गठन भएको छ ।
त्यहाँका श्रमजीवी नेपालीमाझ क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको पहल तथा केन्द्रीय सचिव वेदबहादुर कार्कीको विशेष उपस्थितिमा आइतबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले समर खत्रीको अध्यक्षमा १५ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकार गरी २३ सदस्यीय उमरगाम नगर समिति निर्माण गरेको छ, जसको उपाध्यक्षमा मुकुन्ददेव खत्री, सचिवमा डिलबहादुर रोकाय, सहसचिवमा अमरबहादुर खत्री र कोषाध्यक्षमा राजेन्द्र रोकाय रहनुभएको छ ।
त्यस्तै सदस्यमा बलराम खत्री, झसेन्द्र खत्री, रोहित सिंह, खिम खत्री, आशिष खत्री, पूर्णबहादुर खत्री, राजेश राना, अर्जुन राना, बिमल घर्ती र सुरेन्द्र पौडेल रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यमा सुनिल पौडेल, गोविन्द पौडेल, निशान देवकोट र राजेश खत्री रहनुभएको छ ।
भेलाले लोकबहादुर विक, खगेन्द्र चन्द, विशाल क्षेत्री र भागिरथ खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलाको अध्यक्षता समर खत्रीले, सञ्चालन डिलबहादुर रोकायले र स्वागत मन्तव्य मुकुन्ददेव खत्रीले गर्नुभएको थियो ।