• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सौन्दर्यशास्त्रका फरक फरक आयाम


  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • डिल्ली अम्माई ##
    पूर्वीय दर्शनमा व्याख्या भएअनुसार “सत्यम् शिवम् सुन्दरम” ले विज्ञान, खोज, सृष्टि कलाको साथै आत्मगत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रामाणिक ज्ञान, शिव सामाजिक न्याय र सुन्दर सृष्टि त्यागको मोहक कलाभाव भनेर अथ्र्याउन पनि सकिन्छ । पूर्वीय दर्शनमा सौन्दर्यलाई व्यापक रूपले चिरफार र व्याख्या गरिएको छ ।

    Advertisement

    पश्चिमा मान्यतानुसार सौन्दर्यशास्त्र संवेदनात्मक–भावनात्मक गुणधर्म र मूल्यमान्यताको अध्ययन हो । कला, संस्कृति र प्रकृतिको भावात्मक सुन्दरता नै सौन्दर्यशास्त्र हो । सौन्दर्यशास्त्र दर्शनशास्त्रको त्यस्तो एक अङ्ग हो, जसले दर्शनलाई मार्मिक (स्वादिलो) बनाउँछ ।
    कुनै सुन्दर वस्तुलाई देखेर हाम्रो मनमा जुन आनन्दानुभूति हुन्छ, त्यो त्यसको सौन्दर्य हो । सौन्दर्यको स्वभाव र स्वरूपको विवेचना जीवनको विविध अनुभूतिसँग समन्वय स्थापित गर्दै कलासँग जोडेर मात्र गर्न सकिन्छ ।

    समाज सौन्दर्य सभ्यताको विभत्स अनुभूति नभएर मिठो स्वाद हो, जसलाई महसुस गरेर आनन्द लिइन्छ । साथै त्यही आनन्दतर्फ हाम्रो सजीव गति सदैव प्रेरित भइरहन्छ ।

    सौन्दर्यशास्त्र दर्शनको एक शाखा भएकाले कला, साहित्य र सुन्दरताबाट अनुबन्धित प्रश्नसँग जोडेर यसको विवेचना गरिएको पाइन्छ ।

    ज्ञानको सीमाभन्दा बाहिर भिन्न इन्द्रियबोधद्वारा प्राप्त हुने मनोरमका लागि युनानी भाषामा “एस्तेतिको” शब्द राखिएको छ, जसबाट अङ्ग्रेजीमा “एस्थेटिक्स” को ब्युत्पत्ति भएको मानिन्छ । प्रकृति, कला र साहित्यसँग सम्बन्धित भएर क्लासिकल सौन्दर्यशास्त्रीय दृष्टिकोण विकसित हुँदै आएको हो ।

    सौन्दर्यशास्त्रले साहित्य, कला, समाज विकास र सभ्यताले सृजना गरेका विविध संस्कृतिमा समेत आफ्नो स्थान बनाएको छ । समाज सौन्दर्य सभ्यताको विभत्स अनुभूति नभएर मिठो स्वाद हो, जसलाई महसुस गरेर आनन्द लिइन्छ । साथै त्यही आनन्दतर्फ हाम्रो सजीव गति सदैव प्रेरित भइरहन्छ ।

    समाज व्यवस्थाले सृजना गरेका बहुआयामिक स्वादमध्ये विशेष गरी दुई विपरीत प्रकारका प्रतिनिधिमूलक सामाजिक सौन्दर्यलाई अध्ययन गरिँदै आएको पाइन्छ । त्यसमा एउटा सौन्दर्यबोध सामाज विकासको पछिल्लो उत्पादन सम्बन्धले सृजना गरेको व्यक्तिगत स्वतन्त्रतासहितको निजी सामाजिक संस्कृति हो भने अर्को प्राकृतिक समतामूलक उत्पादन सम्बन्धसहित समुदायको अधिनमा रहेको प्रकृतिसापेक्ष सामूहिक जीवन मूल्यपद्धति हो, जसलाई माक्र्सवादी सौन्दर्यशास्त्र भनिन्छ । यी दुवैमध्ये कुन सामाजिक पद्धति सर्वोकृष्ट हो भन्ने कुरा अहिलेसम्म बहसकै बिषय बनेको छ ।

    मानिसका स्वार्थअनुरूप ती दुवै जीवन पद्धतिभित्र सुन्दरता देख्ने आफ्ना आफ्नै दृष्टिकोण छन् । त्यसको मुख्य निर्धारक तत्त्व आधुनिक राज्यव्यवस्थाभित्रको राजनैतिक संरचनालाई मानिँदै आएको भए पनि प्रत्यक्ष सम्बन्ध वर्तमान अर्थप्रणाली अर्थात् उत्पादन र वितरण प्रणालीसँग जोडिएको छ ।

    आदिमकालको सिकारी मानवले केवल आफ्नो लागि मात्र सोच्न सक्दैनथ्यो, उसले प्राप्त गरेका हरेक कुरा तत्कालीन कबिला समूहका हुन्थे । त्यसलाई सबै सदस्यले आवश्यकतानुकूल उपभोग गर्दथे । भनिन्छ, त्यही आदिम मानव समाजको सुन्दरताले नै “सर्वो हिताय” को समतावादी धारणा विकास गरेको हो । कबिला समाजको अत्यन्त सुन्दर पक्ष भनेकै सामूहिक उत्पादन र समान वितरण प्रणालीलाई मान्न सकिन्छ ।

    आधुनिक शैक्षिक क्षेत्रमा निजी र सामूहिक जीवन सौन्दर्यले ठुलो योगदान दिएका छन् । सामुदायिक र व्यक्तिवादी दुवै सामाजिक दर्शनमा निहित सौन्दर्यबोधको फराकिलो आयाम छ । दुवै प्रकारका सोचको द्वन्द्वमा अभूतपूर्व भविष्यको सौन्दर्यलाई नियाल्न सकिन्छ । त्यसैले विगतको मानव सभ्यताले निर्माण गरेका फरक फरक जीवन पद्धतिमा मानिसले छोड्न नसक्ने सुन्दरताको मोहकता निहित छ भन्दा अत्युक्ति नहोला ।

    कबिला समाजको अत्यन्त सुन्दर पक्ष भनेकै सामूहिक उत्पादन र समान वितरण प्रणालीलाई मान्न सकिन्छ ।

    त्यति हुँदाहुँदै पनि ती दुवै जीवन पद्धति समान गतिमा चीरकालसम्म सँगै जान सक्दैनन् । समाजशास्त्रीय मतानुसार अन्त्यमा दुईमध्येको सर्वोकृष्ट एउटा सामाजिक प्रणालीले मानव सभ्यताको नेतृत्व गर्ने छ ।

    सौन्दर्यबोधको आयाम
    सौन्दर्यलाई हेर्ने र बुझ्ने संसारमा फरक फरक दृष्टिकोण छन् । एकथरिले मानव सभ्यतामा प्रयोग भएको सिप र श्रमलाई मानक मानेर सौन्दर्यलाई हेर्दछन् । ताकत, मिहिनेत, सिपले कला क्षेत्रमा मात्र नभएर मानव सभ्यताले हजारौँ वर्षअघि निर्माण गरेका इजिप्टको पिरामिडमा समेत अनेकन सौन्दर्य भरिदिएको छ । त्यो पिरामिड निर्माण गर्दा बगेको पसिना, सिप, कला र प्रविधिले पौराणिक सभ्यताको एक युगिन सौन्दर्यलाई प्रतिनिधित्व गर्दछ । त्यसैले सौन्दर्यका लागि श्रम सौन्दर्यप्रधान हुँदाहुँदै पनि ज्ञान, प्रविधि, कला र समुदायको एकीकृत अभ्यासले सभ्यताको निर्माणमा कलाको कार्य गर्दछ । यी सबै कुराको जो बलबाट निर्माण भएको सभ्यता नै वास्तवमा सुन्दर समाजभित्र मौलिक पहिचानको रूपमा विकास भएको हुन्छ ।

    पौराणिक सभ्यताका सांस्कृतिक विरासतभित्र लुकेको सौन्दर्य भावले र बाँच्नका लागि गरिने अन्तरसङ्घर्षले सामाजिक रूपान्तरणका लागि प्रेरणा पैदा गर्दछ । त्यो जागरणमा मानिसले एक प्रकारको नयाँ आशाको सुन्दर तस्बिर देख्छ र नयाँ आशाको छवि समाज विकासको नयाँ आयाममा प्रवेश गर्दछ ।

    सामाजिक सौन्दर्यलाई व्यक्तिको कला तथा सौन्दर्यप्रतिको विश्वदृष्टिकोणसँग नजोडिकन बुझ्न सकिन्न भनेर सायद त्यसैले भनिएको होला ।

    मानिस या समुदायलाई भविष्यप्रति आशावादी बनाउने प्रमुख आकर्षक तत्त्व विपरितबिचको प्रतिष्पर्धासँग अन्तर्निहित सौन्दर्यबोध हो ।
    मानौँ, समान अवस्थामा कुनै एक स्त्री कसैका लागि अत्यन्त सुन्दर र कसैका लागि सामान्य लाग्न सक्छ । कसैले उनीभित्र भएको श्रम, सिप र ज्ञानलाई बढी सुन्दर देख्छ, बाहिरी आवरणले उसलाई खासै प्रभाव पार्दैन। तर कसैले शारीरिक बनावटलाई महत्त्व दिन्छ । त्यसैले सुन्दरतालाई हेर्ने अन्तरदृष्टि सामाजिक सङ्घर्षले पैदा गरेको भिन्न भिन्न बुझाइले निर्धारण गर्छ, जसलाई हामी चेतनाको तह पनि भन्न सक्छौँ ।

    सामाजिक सौन्दर्यलाई व्यक्तिको कला तथा सौन्दर्यप्रतिको विश्वदृष्टिकोणसँग नजोडिकन बुझ्न सकिन्न भनेर सायद त्यसैले भनिएको होला ।

    सौन्दर्यलाई हेर्ने र बुझ्ने कसरी ?
    कला र सामाजिक सौन्दर्य समुदायको सामूहिक योग्यताले सृजना गरेको विशिष्ट एकीकृत श्रम शृङ्गार हो । भन्नु नपर्ला, सौन्दर्यको प्रधान पक्ष बाँच्नका लागि प्रकृतिसँग मानिसले गरेको अन्तरसङ्घर्षबाट प्राप्त आनन्ददायक भोजनको उपभोग हो, जसको सम्बन्ध भोकको साथसाथै स्वादसँग पनि हुन्छ । प्रारम्भिक मानव समुदायभित्रको अन्तरनिहित प्रधान सुन्दरता त्यही सामूहिक भोजन हो, जो आवश्यकतानुसार सबैमा वितरण गरिन्थ्यो । आदिम समाजको त्यो सुन्दर गुण नै आधुनिक समाजबादको सैद्धान्तिक भ्रुण पनि हो ।

    त्यसपछि मानिसले आफ्नो समुदायको सुरक्षाका लागि प्रयोग गरेको ज्ञान, सिपको संयोजन, आफ्नो इलाकाभित्रको अन्तरनिर्भरताको समाधानका फरक फरक अभ्यास पनि आदिम सुन्दर कलाभित्र पर्लान् । समाज विकासको गतिमा भएको विनिमय कलाको विकास, निजी सम्पतिको अभ्युदयसँगै सृजित मानिसको आर्थिक तहगत संरचना, वर्गविद्रोह र सामाजिक रूपान्तरणले मानिसको भविष्यलाई अझ रोचक र सुन्दर बनाउदै लागिरहेको छ । यो क्रम मानव सभ्यता रहेसम्म निरन्तर अगाडि गइरहने कुरामा कसैले शङ्का गर्नु आवश्यक छैन ।

    कला र सामाजिक सौन्दर्य समुदायको सामूहिक योग्यताले सृजना गरेको विशिष्ट एकीकृत श्रम शृङ्गार हो ।

    मानव सोच र सभ्यताका फरक फरक आयामबिच हुने सङ्घर्षले समुदायको सुन्दरतालाई क्रमशः भत्काउँदै लागेको कुरा हामीले महसुस गरेका छौँ । यसो हुनुको पनि कारण छ । त्यो कारण हो– मानिसभित्र हुने मनोवैज्ञानिक कारण अर्थात् विपरीतबिच हुने सङ्घर्ष ।

    नयाँ सामाजिक सुन्दरता चुलिने भनेकै पुरानो सोच, सामाजिक सम्बन्धको समाप्तिपछि हो । हाम्रो छोटो आयुको कारण सामाजिक परिवर्तनका गुणात्मक भिन्नता त्यति देख्न पाउदैनौँ । तसर्थ कहिलेकाहिँ त्यस्तो पनि हुन्छ र भनेजस्तो लाग्छ ।

    हरेक युगमा मानव चेतनाले छलाङ लगाउँछ । विज्ञान र प्रविधिको विकासले हामीले अनुमान गर्न नसक्ने गरी फड्को मार्छ । परिवर्तनका चालक समुदायको चेतनासँग सदैव जीवित रहन्छन्, जसलाई भविष्यको अझै सुन्दर प्रतिक्षाले सामाजिक सङ्घर्षबाट अलग हुन दिदैन ।

    समाज रूपान्तरणको प्रमुख कारक नै खोज र उन्नत समाजको आशामुखी प्रतिक्षा हो ।

    अगाडि नै भनिसकियो, संसारमा समुदायको हितलाई प्रधान मान्ने एउटा सोच छ । त्यो सोच अलिखित भए पनि आधुनिक मानव सभ्यताका प्रथम कबिला समुदायको सोच हो । आदिम सिकारी समुदाय, जसले आफ्नो समूहको हितमा आफ्नो हितलाई समाहित गरेको थियो । समूहवादी चिन्तन कबिला समाजको सबैभन्दा सुन्दर ऐतिहासिक विरासत हो । समाजशास्त्रीहरूले हाम्रा आदिम पुर्खाको त्यही सामूहिक जीवन पद्धतिलाई आदिम समतामूलक समाज भनेर नामकरण गरेका छन् ।

    मानिसको प्रकृतिसँग हुने अन्तरसङ्घर्ष र अन्तरनिर्भरताले एक युग पार गरेपछि मानिस सुरक्षा, भोजनलगायत धेरै कारणले सामूहिक जीवन पद्धतिमा रहन सकेन । आफ्नो समूहको विस्तारले गर्दा प्रकृतिप्रदत्त भोजन मात्र उनीहरूका लागि पर्याप्त भएन । क्रमशः समुदायले खेती गर्ने सिपको विकास गर्यो । त्यसका लागि आफ्नो श्रमक्षेत्र विभाजन भयो । सामूहिक यौनजीवनको सौन्दर्य भत्कियो र व्यक्तिवादी जीवन सौन्दर्यको सुरुवात भयो । मानव समुदायका स्थायी बसोबासबाट सृजित संरचनाले राज्यको प्रादुर्भाव गरायो । त्यसको सञ्चालन गर्न नेतृत्व आवश्यक भयो र आदिम सामन्तहरू राजा बने । दासयुग र दासमालिकबिचको विद्रोहले र पछिल्लो सामन्तवादलाई उदार

    पुँजीबादी क्रान्तिले विस्थापित गर्दै गयो ।
    जब समाज व्यवस्थाभित्रको सुन्दरतालाई कुरूपताले परास्त गर्दै जान्छ, अनि समाज विकासले आफ्नो पुरानो रूप बदल्छ । सभ्यतामा विपरीतबिचको द्वन्द्व, सामाजिक एकता प्रक्रियागत रूपमा अन्तर्निहित हुन्छ र त्यो द्वन्द्वको सुन्दरता भनेको पुरानो समाज ववस्थाको रूपान्तरण हो । मानव सभ्यतामा पनि विज्ञानमा झैँ गतिको नियम हावी हुन्छ ।

    मानव इतिहासका यी सबै मानव सङ्घर्षलाई गहनतामा हेर्ने हो भने त्योभित्र अनेकौँ प्रकारले सौन्दर्यबोध गर्न सकिन्छ । आफ्नो इलाकाको सुरक्षाका लागि गरिएको त्याग, उत्पादन वृद्धि र उत्पादन सम्बन्धको लागि गरिएको ज्ञान, सिप र श्रम तथा मानिसको सामूहिक हितका लागि बनाइएको नियामक संरचनाभित्र अभूतपुर्व रूपमा सामाजिक सुन्दरताको अनुभूति गर्न सकिन्छ ।

    मानिसले मानव सभ्यता, दर्शन र सामाजिक व्यवहारलाई हेर्ने दृष्टिकोणबाट नै उसको सुन्दरताप्रतिको भाव निःसृत हुन्छ । त्यसलाई सौन्दर्यशास्त्रमा सामाजिक मूल्यप्रतिको रुझान भनिन्छ ।

    साहित्यको सुन्दरता भाष्य रसानुभूति हो । दर्शनमा आशानुभूति, समाजशास्त्रमा सुखानुभूति र कलामा दिव्यानुभूतिलाई सुन्दरता मान्न सकिन्छ । सामुदायिक अनुभूतिमा पुरानो सुन्दरताले लोभ्याउन छाड्यो भने मानिसले त्यो सुन्दरताको विकल्प खोज्छ । उसले नयाँ सुन्दर समाजको परिकल्पना गर्न थाल्दछ । मानव सभ्यतामा व्यक्तिको यही रुचिगत प्रवृत्तिले प्रभाव जमाइरहेको हुन्छ । हो, त्यही मोहक लोभ, अपनत्वको अनुभूति वा आशालाई हामीले दर्शनशास्त्रमा सौन्दर्यको आँखाबाट मात्र देख्न सक्छौँ† महसुस गर्न सक्छौँ र बताउन सक्छौँ ।

    सुन्दरताका पारखीलाई एउटा के कुरा भन्नैपर्ने हुन्छ भने मानिसले मानव सभ्यता, दर्शन र सामाजिक व्यवहारलाई हेर्ने दृष्टिकोणबाट नै उसको सुन्दरताप्रतिको भाव निःसृत हुन्छ । त्यसलाई सौन्दर्यशास्त्रमा सामाजिक मूल्यप्रतिको रुझान भनिन्छ ।

    मानौँ, मेरा लागि प्रकृति र वातावरण प्रधान रुचिको विषय हुन सक्छ, तर अर्कोको लागि पुँजीवादले निम्त्याएका उत्पादन सम्बन्ध र प्रकृति दोहनले निम्त्याउँदै गरेको भवितव्यभन्दा पँुजीवादी उपलब्धिले ल्याएको सुन्दरता महान् लाग्न सक्छ । सामाजिक सुन्दरताको पनि रूपान्तरण हुन्छ । त्यो सामाजिक रूपान्तरण वर्तमान सामाजिक सुन्दरताभन्दा अझ बढी चेतनायुक्त, मानवतावादी र समान न्याय सुन्दरताको आलोकमा मात्र सम्भव छ । त्यसैले भनिएको होला, यी सबै कुराको निर्धारण मानव चेतनाको स्तरले गर्ने हो ।

    समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रूढीवादी नैतिक मूल्यको संरक्षणमा जोड दिने एउटा दार्शनिक विश्वदृष्टिकोण छ, जसलाई सम्वद्र्धनवाद वा परम्परावाद पनि भनिन्छ । त्यो विचारधाराले विगतको कन्जरभेटिज्ममा आनन्द, शान्ति र स्वाभिमानयुक्त मौलिकताभित्र सुन्दरता देखिरहेको हुन्छ । त्यो पक्ष गतिको नियमले ल्याउने आँधीबेहरी (क्रान्ति) र परिवर्तनपछि हुने रूपान्तरणमा विगतको सामाजिक सुन्दरता सम्झेर रुवाबासी गर्छ । उसको सामाजिक परिवर्तनलाई आत्मसात गर्ने वैज्ञानिक सोच धिमा हुँदा परिवर्तनको स्वाभाविक चाल बुझ्दैन ।

    गतिको नियम बुझ्न नसक्ने समस्या उसको हेर्ने दृष्टिकोण वा सोचको हो । ऊ आफै मात्र सामाजिक रूपान्तरणमा कुचालक र सुचालक हुन सक्दैन; किनकि, सामाजिक परिवर्तन त त्यो समाजभित्रका सुन्दर पक्षको ह्रास भएपछि हुने अन्तरसङ्घर्षको कारणले हुने हो ।

    गतिको नियम बुझ्न नसक्ने समस्या उसको हेर्ने दृष्टिकोण वा सोचको हो । ऊ आफै मात्र सामाजिक रूपान्तरणमा कुचालक र सुचालक हुन सक्दैन; किनकि, सामाजिक परिवर्तन त त्यो समाजभित्रका सुन्दर पक्षको ह्रास भएपछि हुने अन्तरसङ्घर्षको कारणले हुने हो । त्यसको विपरीत अर्को रूपान्तरणभित्र सुन्दरता देख्ने वैचारिक धार पनि छ, जसले विगतको सामाजिक मूल्यको बिछोडमा रुवाबासी गर्दैन । उसले भविष्यमा हुने सुन्दर परिवर्तनलाई महसुस मात्र गर्दैन, आत्मसात पनि गर्छ; प्रगतिशील रूपान्तरणको लागि सचेत सङ्घर्ष गर्छ र मात्रात्मक परिवर्तनपछि हुने रूपान्तरण गुणलाई स्वीकार्छ । युग परिवर्तनको सिलसिलामा हुने सामाजिक हलचल, सांस्कृतिक हलचललाई गतिको नियमानुसार स्वाभाविक मान्छ ।

    थोमस हब्सका अनुसार चिन्तनमा आधारित परम्परागत सामाजिक मूल्यभित्रको सुन्दरता र विपरीत वर्गबिचको अन्तरसङ्घर्षबाट सृजित सामाजिक क्रान्तिभित्रको सुन्दरता फरक फरक भावमा महसुस गरिने सन्तुष्टि हुन् । यी भिन्न सोचले निर्माण गरेका सुन्दरताभित्रका कुरूपताको अर्को आयाम पनि छ । त्यही कुरूपताको आयामले युगिन क्रान्तिका क्रममा निर्माण भएको सुन्दरताको मोहकता बदलिरहन्छ ।

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.