प्युठान । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले स्वर्गीय नरबहादुर जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । झिमरूक गाउँपालिका ७ तुषारा काप्रेखोला निवासी जिसीको ९३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो ।
Advertisement
आइतबार जिसीको निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा महामन्त्री सिंहले जिसीको फोटोमा माल्यार्पण गरी सम्मान गर्नुभएको हो । त्यस क्रममा महामन्त्री सिंहले जिसी पुरानो पुस्ताका इमान्दार नेता भएको बताउनुभयो ।
त्यस्तै जिसीप्रति राष्ट्रिय जनमोर्चाका प्रवक्ता एवं सासंद दुर्गा पौडेल र ५ नम्बर प्रदेश सांसद तारा जिसीलगायतका नेताले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।