काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई बालुवाटार बोलाएर नियुक्तिको प्रक्रिया थाल्न दिर्नेशन दिनुभएको हो ।
सोसँगै ऊर्जामन्त्री भुसालले हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा माग गर्नुभएको छ । कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिनुभएको थियो ।
उहाँ बाहिरिएपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
विद्युत व्यवस्थापनमा राम्रो काम गरेका र लोडसेडिङ हटाएका कारण कूलमानलाई पुनः नियुक्ति गर्नुपर्ने दबाब बढेको थियो ।