• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हाम्रो गौरवको सिप


  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    हाम्रो सिपमा गौरव गर्र्न हामी किन नपाउने ।
    कारण के छ देउता मूर्ति हाम्ले पुज्न नपाउने ।।
    पुज्न मात्र कहाँ हो र हेर्न पनि नपाउने ।
    दलालहरू हाम्रो सिप विदेश लगी कमाउने ।।

    Advertisement

    मन्दिरमा मूर्ति छैन हाम्रो सिप चोरियो ।
    हाम्रो सिप हेर्न खोज्दा बन्दुक सोझाइयो ।।
    फोर्ने हुन् कि टाउका भन्दै डरले पर हटियो ।
    डराएर बस्नाले त पछि परियो ।।

    मन्दिरबाट मूर्ति चोरलार्ई पाप किन नलाग्ने ।
    बनाउनेले पुज्न खोज्दा बन्दुक देखाउने ।।
    हाम्लाई हान्ने लौरो खोसी तिन्कै ढाड भाँच्ने हो ।
    संसारमा देउता भए सबले पुज्ने हो ।।

    शासक हुन सिप चोर्ने मूर्ति चोर्ने तिनै हुन् ।
    कसैलाई छुन दिन्नौँ भन्ने तिनै हुन् ।।
    बद्लिएको शासन सत्ता अझै देशमा आ’छैन ।
    मूर्ति चोरलाई लखेटेर नल्याइ भा छैन ।।

    कथित नयाँ घुमाइफिराइ त्यै सत्तामा बस्या’छन् ।
    अनेक थरि नाटक रच्दै तिन्ले ठग्या’छन् ।।
    देश अघि जान दिन्नन् यी दलाल साँढाले ।
    सधैँ गरे जुँगा लडाइ गर्छन् घाँडाले ।।

    बनाउनेले देउता मूर्ति पूज्दा हुन्छ पाप किन ।
    चोर्नेहरू मूर्ति कुच्दा हुन्छ धर्म किन ।।
    मूर्तिचोरलार्ई चिनेका छौ पूजारी हो बोल ।
    दुःख दिए अझै दिन्छन् तिनको पोल खोल ।।

    मूर्तिहरू हराए भन्न जनता डराए ।
    मूर्तिचोरका बन्दुकसँग साँच्चै डराए ।।
    विचारले नयाँ देश बन्न सक्या छैन ।
    कलाकृति मूर्ति चोर्ने शासन गा’कोे छैन ।।

    नयाँ भन्ने क्रान्तिकारी उतैतिर लागे ।
    शासकसँग डराएर बन्दुक फाली भागे ।।
    देश बेच्ने शासकले कला कृति के राख्लान् ।
    आशा गर्नु धिक्कार हो देश बनाउलान् ।।

    मूर्तिचोरलाई जेलभित्र बनाउनेले हाल्ने हो ।
    देशलाई काम नलाग्नेलाई किन पाल्ने हो ।।
    भित्रबाट बेचिसके कलाकृति रहेनन् ।
    अग्रगति विकासमा दश लाँदैनन् ।।

    धनजति भए पनि नपुगेका कङ्गाली ।
    शासन गर्ने जनता हुन् यिनलार्ई निकाली ।।
    मन्दिर हेर्न हिँड्छन् राति कुन मूर्तिलाई चोर्ने हो ।
    भन्सार छली मूर्तिहरू कहाँ बेच्ने हो ।।

    दल आयो तर सत्य बोल्ने पालो आएन ।
    हाम्रो सिपले बनाएका मूर्ति रहेन ।।
    मन्दिरभित्र सिपको गौरव मूर्ति छैन चोरियो ।
    हाम्रो गौरव सिप चोर्नेका फेला परियो ।।

    कतिन्जेल बस्ने जनता मूर्तिचोरको शासनमा ।
    लास राख्नुहुन्न अब सत्ता कुर्सीमा ।।
    कैले जीवन लासले खाए कैले रोगको हैैरानी ।
    शासकमा भिन्न छैन सधैँ हैरानी ।।

    विगत र वर्तमानमा हाम्रो जीवन हैरानी ।
    जीवन हुँदै गयो हाम्रो लासको कहानी ।।
    मन्दिरका दिवार छानो उखेलेर बेच्या छन् ।
    वर्तमानमा कलादेखि मान्छे बेच्ने अभियान ।।

    राति मूर्ति चोरेका छन् दिनमा नाटक पुज्या छन् ।
    सत्यनास भयो कला जन्ता ठग्या छन् ।।
    जनताको आँखा छल्न अनेक जुक्ति झिक्या छन् ।
    कलाकृति मूर्तिहरू यिनले बेच्या हुन् ।।

    किन्ने मान्छे भए यिनले बाउको चिना बेच्ने छन् ।
    चिना बेच्नु तम्सिनेले मूर्ति के राख्लान् ।।
    क्रान्ति भन शान्ति भन सम्झौता जे भन्ने हो ।
    केही भाको छैन यहाँ अब हुने हो ।।

    खन्चुवाको सत्ता खाने अवसर क्रान्ति मानिन्न ।
    जन क्रान्ति पक्कै हुन्छ अब रोकिन्न ।।
    मूर्तिचोरलाई शासनबाट नफाली त भा छैन ।
    न्याय दिने जनक्रान्ति नआई भा’छैन ।।

    हाम्रा मूर्ति चोरी लगे भन्सार छली विदेशमा ।
    के पुज्ने हो मूर्ति छैन रित्तो मन्दिरमा ।।
    बाउबाजेको इतिहास हाम्रो सिपका मूर्ति हुन् ।
    मूर्ति बेची कमाएका राष्ट्रघाती हुन् ।।

    खराबीलाई सिञ्चित गरी मलजल गर्ने शासक हुन् ।
    यस्ताबाट के बज्ला र देशमा शान्तिधुन ।।
    किसानले मूर्ति बेच्यो आँट कसको भन्नलाई ।
    मजदुरले भन्सार छल्यो हिम्मत कसको भन्नलाई ।।

    शासकका धन मूर्ति जनताका देउता हुन् ।
    देउता बेच्ने जन्ता हैन देशका शासक हुन् ।।
    आस्था छैन ठग्नलाई मन्दिरतिर धाउँछन् ।
    राम्रो मूर्ति कहाँ होला चोर्न हिँड्या हुन् ।।

    बनाउनेले छुन पुज्न केही गर्न नहुने ।
    बनाउनेको सिपका मूर्ति चोरी पठाउने ।।
    बनाउनेले खोस बस चोरका घरमा नछोड ।
    छोड्नुहुन्न देश अब आँट नतोड ।।

    मूूर्ति मात्र कहाँ हो र मन्दिरका कलामा ।
    उखेलिँदा रुन्छ मन आँसु गालामा ।।
    सत्य हाम्रो सिपका मूर्ति मन्दिरबाट लैसके ।
    हाम्रो खुन पसिनामा धनी भइसके ।।

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.