काठमाडौँ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र तिलक परियार पुनः प्रदेश प्रमुख बन्ने भएका छन् । नेकपा (माओवादी–केन्द्रद्र) को कोटामा परेका दुई वटा प्रदेशमा शेरचन र परियारलाई नै पुनर्नियुक्तिको निर्णय गरेको हो ।
आफ्ना भागमा परेका दुई वटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र अर्को प्रदेशमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो।
प्रदेश प्रमुखको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुई वटा परेको छ । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश नं. २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।
२०७८ साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले भने लुम्बिनीमा काङ्ग्रेस, गण्डकीमा माओवादी–केन्द्र र प्रदेश २ मा जसपाका तर्फबाट एक/एक जना प्रदेश प्रमुख नियुक्त गर्ने मन्त्रिपरिषद स्रोतले जनाएको छ ।