काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने तयारी गरिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत चम्सुरीलाई परिवारकै सदस्यले मिर्गौला दिन तयार भएका छन् ।
Advertisement
उहाँका भाइ राजु डंगोलका अनुसार परिवारभित्र पर्ने चार–पाँच जना मिर्गौला दिन राजी भइसकेका छन् । उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ ।
सुरुमा मिर्गौला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएको थियो । अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको डंगोल परिवारले जनाएको छ।
घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल अस्पताल भर्ना हुनुभएको थियो । त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको हो ।