• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बाढीपहिरोमा परेका नागरिकको उद्धारमा जुट्ने राष्ट्रिय जनमोर्चा बागलुङको निर्णय


  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङ बाढीपहिरोमा परेका नागरिकको उद्धारमा जुट्ने भएको छ । २०७८ साउन १० गते बसेको राजमो जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाको विशेष उपस्थितिमा का.वा. जिल्लाध्यक्ष धर्मबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त बैठकको निर्णय सार्वजनिक गर्न साउन ११ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी दिइएको छ ।

    प्रेसवक्तव्यमा कोभिडको दोस्रो लहर र सम्भावित तेस्रो लहरबाट बच्च जनस्तरमा चेतनामूलक कार्यक्रम फैलाउने बताइएको छ ।

    त्यसैगरी देशमा वक्तव्यमा सर्वोच्चको फैसलानुसार सरकार परिवर्तनपछि पनि संविधानका महत्त्वपूर्ण उपलब्धिको रक्षा, राष्ट्रियता र जनजीविकाको पक्षमा हामीले चलाइएको सङ्घर्षलाई थप निरन्तरता दिने निर्णय भएको उल्लेख छ ।

    एवम् प्रकारले ढोरपाटन सिकार आरक्षमा मध्यवर्ती क्षेत्र (बफरजोन) कायम गर्दा स्थानीय जनतासित सहमति र सहकार्य गर्नुपर्ने, कृतिम अभाव, महङ्गी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कालोबजारीको विरोध गर्ने र बागलुङ जिल्लाका महत्त्वपूर्ण सडकको मर्मत र निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाहीका लागि माग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “१. बैठकबाट कोभिड १९ को दोश्रो लहर र सम्भावित तेश्रो लहरबाट बच्न बचाउन चेतनामूलक कार्यक्रम जनस्तरसम्म पु¥याउने र कोभिडका कारण दुःखद निधन हुन पुगेका पार्टी कार्यकर्ता र आम नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्छ । साथै कोभिडबाट सङ्क्रमित भई उपचारत पार्टी कार्यकर्ता र आम नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्छ । सरकारले कोभिड विरुद्धको खोप जतिसक्यो चाडो आम नागरिकलाई पु¥याएर वातावरणलाई सहज बनाउनसमेत माग गरिन्छ ।

    २. बैठकबाट बाढीपहिरोबाट जिल्लाको विभिन्न भूभागमा भएको र हुन सक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै बिपत्मा परेका नागरिकको उद्धार तथा राहत र सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न पार्टी कार्यकर्ता र आम नागरिकमा अनुरोध गरिन्छ ।

    ३. सर्वोच्चको फैसलासँगै ओली सरकारको बहिर्गमनपछि देशको पछिल्लो राजनीतिक घटनाक्रममा केही सुधार आएको भएता पनि जनताका दैनिक जनजिवन र जनजीविकामा कुनै सुधार आउन सक्ने सम्भावना छैन । संसदको पुनस्र्थापनासँग संसदबाट एमसिसी जस्तो राष्ट्रघाती सम्झौता, जघन्य अपराधका आरोपीलाई आममाफी, नागरिकता विधेयकको संशोधनजस्ता राष्ट्रिय हित विपरीतका विषयको प्रवेशको सम्भावना पनि उत्तिकै रहेको छ । त्यसैले संविधानका महत्त्वपूर्ण उपलब्धिको रक्षा, राष्ट्रियता र जनजीविकाको पक्षमा हामीले चलाइएको सङ्घर्षलाई थप निरन्तरता दिन बैठकले जोड दिएको छ ।

    ४. ढोरपाटन सिकार आरक्षणको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्धारण गर्ने क्रममा स्थानीय जनताको भोगाधिकारमाथि प्रत्यक्ष असर पर्ने गरी चौकिल्ला तोक्ने कार्यको विरोध गर्दै स्थानीय जनताको मागबमोजिम उनीहरूसँग सहकार्य र सहमतिमा मध्यवर्ती क्षेत्रको कार्य अगाडि बढाउन बैठकले जोडदार माग गर्दछ । साथै यथास्थितिमा मध्यवर्ती क्षेत्रको कार्य रोक्नसमेत ध्यानाकर्षण गराइन्छ ।

    ५. कोभिड–१९ को अप्ठेरो परिस्थितिबाट फाइदा उठाई जनजीवनलाई असर पर्ने गरी उत्पन्न गराइएको कृतिम अभाव, महङ्गी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कालोबजारीको विरोध गर्नुका साथै त्यसको नियन्त्रण गर्न नियमित अनुगमनका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराइन्छ ।

    ६. मध्यपहाडी लोकमार्ग, बागलुङ–कुश्मीसेरा–बरेङ सडक, बुर्तिवाङ–ढोरपाटन सडक, कालीगण्डकी कोरिडोरसहित जिल्लाका महत्त्वपूर्ण भूभाग जोड्ने मुख्य सडक बाढीपहिरो र निर्माण गर्ने कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण अस्तव्यस्त रहेको छ, जसको कारण दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा मात्र होइन, बिरामीको उपचारका लागि समेत अप्ठेरो परेकाले ती सडकको तत्काल मर्मत र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।”

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.