काठमाडौँ । आगामी असोज १५ गतेदेखि नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने अनुमान गरिएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा २०७८ साउन ११ गते कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासको सङ्क्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो सम्भनावना व्यक्त गरेको हो ।
समितिको बैठकमा मन्त्रालयका सहसचिव गङ्गा लोहनीका अनुसार मङ्सिरमा पुनः सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ ।
यद्यपि भेरियन्टको स्वरूप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्न सक्ने दाबी उनले गरेका छन् ।