खिमराज चालिसे
तिमीहरूको जस्तो उच्च हैसियत मेरो नहोला।
गाली गर्ने कायरता पनि नहोला।।
स्वघोषित क्रान्तिकारी बन्ने छद्म रुप नहोला।
सञ्जाल प्रयोग गर्दै धम्काउने स्वभाव नहोला।।
तर फराकिलो मन छ, खुल्ला विचार छ हाम्रो।
सहीलाई सही हो भन्ने अदम्य साहस छ हाम्रो।।
तिमी जस्तो कायर म होइन, छद्मभेषी बन्ने।
बाउको नाम बेची फेरि वैधानिक त मै हुँ भन्ने।।
ए क्रान्तीको मार्गमा बाधक अवसरवादीहरू!
क्रान्तिकारी पर्दा भित्र लुक्ने अवसरवादीहरू।।
तिम्रो मुकुन्डो देखियो हेर फेरि नी पर्दा च्यातियो।
सम्मान नै तिमीलाई पचेन त्यसैले त फ्याँकियो।।
डोकोले ढाकेर राखेको बिरालो पनि म्याउँ गर्छ।
क्रान्तिकारी चरित्रभित्र जब विचार पनि मर्छ।।
आफैलाई क्रान्तिकारी भन्ने अवसरवाद आउँछ ।
त्यसैले त उस्ले गुणगान आफ्नै मात्र गाउँछ।।
पार्टी क्रान्ति र परिवर्तनका सिपाही थाक्दैनन्।
झुट बेइमानी गरेर जनतालाई ढाँट्दैनन्।।
बरु जीवनको आहुती दिन्छन् हाँसी हाँसी यहाँ।
घर भत्काउँदै मेरो घर भत्काएँ भनिन्न यहाँ।।
(खिमराज चालिसे चंडिगढ।)

