काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित तरकारी बजार डुवानमा परेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण तरकारी बजारमा पानी भरिएको हो ।
Advertisement
गहिरो ठाउँमा अव्यवस्थित ढंगले बनाइएको तरकारी बजारमा पानी भरिएपछि व्यापारी मर्कामा परेका छन् । शनिबार बिहान तरकारी बजारमा पुग्दा त्यहाँको अवस्था अस्तव्यस्त थियो । कतिपय व्यापारीहरु आफ्नो डुवेको तरकारी निकाल्दै थिए भने कोही बिग्रिएको तरकारी व्यवस्थापन गर्दै थिए ।
तरकारी बजार डुवानमा परेको देखेपछि तरकारी किन्न गएका ग्राहकहरू भने रित्तै हात फर्किएका छन् । त्यहाँको अवस्था हेर्दा पानी सुक्न र बजार व्यवस्थित गर्न अझै केही दिन लाग्ने देखिन्छ । त्यसको असर धुम्बाराही आसपास बस्ने उपभोक्ताको भान्छासम्म पर्ने छ ।
शुक्रबार रातिको वर्षापछि धोविखोलामा पानीको सतह बढ्दा खोला आसपासका कतिपय क्षेत्रसमेत डुवानमा परेको छ ।