काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भारतको सत्तारुढ दल भाजपाका नेताहरुले पानीमा दूध पोखेको विषयलाई लिएर नेपाली र भारतीय नेताहरूबीच दोहो री चलेको छ ।
सामाजिक सञ्जालमा सो फोटो सेयर गर्दै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले विश्वास खतरनाक कुरा भएको बताउनुभएको छ । भारतमा रहेका सहसाठीहरूले एक अर्कोलाई पठाएको भनिएको फोटो सेयर गर्दै भट्टराईले लेख्नुभएको छ, ‘विश्वास खतरानक कुरा हो। यसले मानिसलाई दूध फ्याल्न र गहुँत खान बाध्य पार्छ ।’
भट्टराईको सो टिप्पणीप्रति भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले भट्टराईले हिन्दु धर्मको अपमान गरेको दाबी गरेका छन् ।
चौथाइवालेले सामाजिक सञ्जालमै भट्टराईलाई इदको पूर्वसन्ध्यामा हिन्दु धर्ममाथिको विश्वास र विधिको अपमान गरेको आरोप लगाएका छन् ।
‘प्रिय सर बाबुरामजी तपाई र तपाईको साहपाठीरूले इदको अवसरमा हिन्दु विश्वास र विधानको अपमानित गर्नु स्वभाविक नै हो’ चौथाइवालेले भट्टराईको ट्विटमा लेखेका छन्।
सत्तारुढ दल बिजेपीका नेताहरूको चौथाइवालेले भट्टराईको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेको पहिलो पटक भने होइन ।
यसअघि पनि भट्टराईको भारतीय पत्रिका द हिन्दुमा प्रकाशित लेख विषय बस्तुको आलोचना गर्दै कडा टिप्पणी गरेका थिए ।
सामाजिक सञ्जालमा ब्यापक सेयर भइरहेको सो फोटोमा उत्तर प्रदेशमा मुख्यमन्त्रीसहितका बिजेपीका नेताहरूले पानीमा दूध चढाउँदै गरेको देखिन्छ ।