काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
Advertisement
मंगलबार सीताको स्वास्थ्य अवस्था बुझ्न भन्दै देउवा प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो ।
सीता दाहाल लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँको देश विदेशका विभिन्न अस्पतालमा उपचार भए पनि स्वास्थ्य अवस्थामा सुधार आएको छैन ।