• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओली-नेपाल वारपारको लडाइँमा


  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई नेकपा (एमाले) ले सोधेको २४ घण्टे स्पष्टीकरणको अवधि आज पुग्दैछ । सम्भवतः जारी केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाललगायत २२ सांसदमाथि कारबाही गर्ने छ ।
    यदी आजको बैठकले वरिष्ठ नेता नेपाललाई कारबाही गरेमा एमालेमा त्यो फुटको घोषणा हुनेछ ।

    Advertisement

    आफू सत्ताबाट बाहिरिएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘लालगद्दार’ घोषणा गर्दै ‘अब पार्टीमा कुनै स्थान नरहेको’ बताउनु भएको थियो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले नेपाल पार्टीमा नरहने निष्कर्षसहित कारबाहीको प्रक्रिया पुर्याउनका लागि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

    आज २४ घण्टा पुगेपछि एमालेले नेपालसहित उहाँको खेमाका सांसदहरूलाई कारबाही गर्ने निश्चित छ । यसपछि लामो समयदेखि विवादित एमालेका दुवै खेमा आ–आफ्नो बाटो लाग्ने देखिन्छ । त्यसका लागि दुवै पक्ष तम्तयार अवस्थामा छन् ।

    प्रवक्ता प्रदीप ज्ञवालीले कार्यदलका सदस्यहरूबाहेक नेपाल पक्षका नेताहरू लगाभग पार्टीबाट बाहिरिएको र उनीरूलाई पार्टी विधान अनुसार कारबाही गर्ने बताउनुहुन्छ ।

    ‘कार्यदलमा रहेका साथीहरूले एकताको स्पिरिटलाई कायम राखेको देखिन्छ । तर, अरू साथीहरू वस्तुतः पार्टीबाट बाहिरिएजस्तै अवस्था हो ’ ज्ञवालीले भन्नुभएको छ, ‘आत्मालोचना नगर्ने र गल्ती महसुस नगर्ने हो भने ती साथीहरू पार्टीमा रहने सम्भावना एकदमै कम रहने भयो । पार्टीको आफ्नो विधान छ, त्यहीअनुसार पार्टीले निर्णय गर्छ ।’

    तर, ओली पक्षले कारबाही गरेपनि केही फरक नपर्ने नेपाल पक्षीय नेताहरू बताउँछन् । सर्वोच्च अदालतले अध्यक्ष ओलीको कदमलाई गलत ठहर्याईसकेपछि ओलीले नै आत्माआलोचना गर्नुपर्ने नेपाल पक्षका नेता विरोध खतिवडा बताउनुहुन्छ ।

    ‘उहाँ ओली)ले कतिपटक स्पष्टीकरण सोध्नुभयो, कतिपटक कारबाही गर्नुभयो, कतिपटक निष्कासन गर्नुभयो, कतिपटक निष्कासन फिर्ता लिनुभयो ? अहिलेको स्पष्टीकरण भन्ने विषय पनि त्यसैको एउटा कडी हो । यसको कुनै अर्थ छैन’ खतिवडाले भन्नुभयो, ‘हामीलाई अहिलेसम्म स्पष्टीकरण आएकै छैन, दिने भन्ने त टाढाकै विषय भयो ।’

    अब एमालेबाट तेस्रो पटक कारबाही भोग्न तयार रहेका नेपालका सामू ओलीसँग लत्रिएर पार्टी एकता कायम राख्ने वा विद्रोह गर्ने दुई मध्य एक विकल्प रोज्नुपर्ने हुन्छ । ओलीका गलत कदमविरुद्ध अडान राख्दै आएका नेपालले दोस्रो विकल्प नै रोज्ने सम्भावना छ ।
    त्यसका लागि प्रचलित कानुन बमोजिम संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलको केन्द्रीय समिति र संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्य

    लिएर छुट्टै नयाँ दल बनाउन सक्ने अवस्था छ । यदी त्यो सम्भव नभए राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत एमाले विभाजन गर्न सक्ने विकल्प पनि छ । अथवा उहाँले एमालेबाट विद्रोह गरेर छुट्टै नयाँ पार्टी गठन गर्न सक्नुहुनेछ ।

    सर्वोच्चको आदेश बमोजिम प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका सांसदलाई सोही आधारमा एमालेले कारबाही गर्न सक्दैन । तसर्थ दल विभाजन ऐन अन्तर्गत वा अध्यादेशमार्फत एमाले विभाजित भए सांसदहरू यथावत रहन्छन् । तर, नेपालले छुट्टै पार्टी गठन गरे दल त्याग ऐन अन्तर्गत सांसद पद भने गुमाउनु पर्ने हुन्छ ।

    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.