• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

समाजमा चल्ने हैकमको अवस्था


  •   मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    समाजका सबै परिपक्व उमेरका मान्छेलाई आफ्नो हैकम चलाउने चाहना हुन्छ । हैकम चलाउने भनेको आफ्नो प्रभुत्व जमाउने भनेको हो । तर सबैले आफ्नो प्रभुत्व जमाउन सफल हुन सक्दैनन् । उनीहरूलाई अर्काेको प्रभुत्वको मातहतमा बस्नैपर्ने बाध्यात्मक अवस्था आउँछ । हुन त केटाकेटी अवस्थाका मान्छेले पनि बिनाहिच्किचाहट आफूले जित्न सक्ने नसक्ने कुराको ख्यालै नगरी ठुला मान्छेको ज्यादतीलाई स्वाभाविक प्रतिकृयास्वरूप डटेर प्रतिरोध गर्दछन् । ठुला मान्छेले यस्ता फुच्चेलाई अथवा मेरो हैसियतभन्दा धेरै तल्लो हैसियतमा रहेकालाई प्रतिष्पर्धा गर्नु हुन्न भनेर पछि हटेको अवस्थामा भन्दा बाहेक उसले हार चाख्नैपर्छ । समाजमा हैकम चलाउने कुरा पनि त्यस्तै हो ।

    Advertisement

    समाजका सबै परिपक्व उमेरका मान्छेलाई आफ्नो हैकम चलाउने चाहना हुन्छ । हैकम चलाउने भनेको आफ्नो प्रभुत्व जमाउने भनेको हो ।

    प्रचलित व्यवस्थाका सञ्चालकले गिन्ती नगरेको अवस्थामा बाहेक विरोधी व्यवस्थाका व्यक्ति वा शक्तिले पनि आफू उदीयमान र भुक्तभोगी भइनसकेको अवस्थामा हारको स्वाद चाख्नैपर्छ । तर हार खाएको स्वीकार गर्नेका भाषा भने सबैको एकै किसिमका हुन्नन् । हैकम चलाउने तीव्र इच्छा भएका, तर योग्यता, क्षमता नभएका धेरै मान्छेलाई हामीले समाजमा देख्न, भेट्न पाउँछौँ ।

    दाइसँग प्रतिष्पर्धा गर्न नसक्ने भएको अवस्थामा भाउजूलाई हराउने प्रयत्न गरेको कथा हामीले सुन्ने, पढ्ने गरेका छौँ । पहिलेका मान्छेले ‘दाइलाई सक्दिनँ तर भाउजूलाई राख्दिनँ’ भन्ने गरको उखान पनि सुनेकै छौँ । हैकम चलाउन चाहने मान्छे राजनीतिज्ञ, लडाकु, कर्मचारी, सङ्गठक धनसम्पत्तिले सम्पन्न वा विपन्न, उमेर अवस्था जस्तोसुकै भए पनि अथवा लिङ्ग, बजारिया, गाउँले जस्तो जेसुकै भए पनि, प्राविधिक योग्यता भएको वा नभएको अवस्था भएको भए पनि आफूले हैकम चलाउनमै लाग्छ ।

    आफूले हैकम चलाउनलाई आफूले अरूलाई सानो बनाएर ऊबाट आफूलाई ठुलो स्वीकृत गराउनुपर्छ । ऊमाथि आफ्नो हैकम चल्छ, तर सानो कसरी बनाउने भन्नेमा समस्या तेर्सिन्छ । त्यसैमा अवरोध खडा हुन्छ । अर्काेले पनि आफूलाई नै ठुलो र अर्काेलाई सानो मान्न लाग्यो र त्यो प्रस्तावमा सहमति जमाउन लगायो भने आफ्नो हैकम चल्ने भएन, उसैको हैकम चल्ने भयो ।

    कमजोरहरू आपसमा मिलेर एक भई एकसाथ आफूहरूको एकीकृत शक्ति प्रदर्शन गर्न थालेपछि त्यो बलवान्को हैकम समाप्त भई मातहतको बन्न कर लाग्छ र त्यसो गर्छ पनि । एक किसिमको हैकम तोड्ने यो अब्वल तरिका हो ।

    समाजमा हैकम कसको र कसरी चलको छ ? थाहा पाउनु पहिलो अवाश्यकता हो । कोही बलियो भएर हैकम चलाएका छन् । अर्काेलाई कमजोर स्वीकार गराएर आफ्नो हैकम चलाएका हुन्छन् । एक्लाएक्लै भएको अवस्थालाई उपयोग गरेर उसले धेरै जनामाथि हैकम चलाउने प्रयत्न गरेको र गरिरहेको हुन्छ । तर ती कमजोरहरू आपसमा मिलेर एक भई एकसाथ आफूहरूको एकीकृत शक्ति प्रदर्शन गर्न थालेपछि त्यो बलवान्को हैकम समाप्त भई मातहतको बन्न कर लाग्छ र त्यसो गर्छ पनि । एक किसिमको हैकम तोड्ने यो अब्वल तरिका हो ।

    बुद्धिको प्रयोग गरेर हैकम चलाएका मान्छे पनि समाजमा धेरै छन् । न्युटन, ग्यालिलियो, भानुभक्त, लक्ष्मीप्रसाद देवकोटालगायत धेरे मान्छेले आफ्नो बुद्धि प्रयोग गरेर हैकम चलाउने गरी काम गरेका छन् । उनीहरूको हैकम पनि बुद्धिको प्रयोग गर्नेलाई मात्रै हो । नयाँ कुरा पत्ता लगाउने बुद्धिको प्रयोग गरेर अथवा भएका पुराना वस्तुमा आफ्नो थप बुद्धिको प्रयोग गरेर भए पनि हैकम चल्ने चलाउने गरेका मान्छेको सङ्ख्या पनि समाजमा प्रशस्तै भेटिन्छन् ।

    अव्यवस्थित सामान्य वस्तुलाई व्यवस्थित बनाउन आफ्नो थप बुद्धि प्रयोग गरेर हैकम चलाउने मान्छे पनि समाजमा भेटिन्छन् । ताजमहल निर्माण गर्ने मिस्त्रीले पनि ठुलै हैकम चलाएकै छ । यसरी हैकम चलाउन खोज्ने र हैकम चलाउने गरेका मान्छेको लामो फेहरिस्त हामीले भेट्याउन सक्छौँ । तर सबैभन्दा ठुलो हैकम चलाउने काम र त्यस्तो हैकम चलाउने व्यक्ति पनि छन् ।

    समाजका त्यतिखेरसम्मका मान्छेले प्रयोग गरेको बुद्धिमा आफ्नो बुद्धि थपेर सबैभन्दा शक्तिशाली बुद्धि उत्पादन गर्ने मान्छे कार्ल माक्र्स हुन् । उनी जर्मनमा उन्नाइसौँ शताब्दीको संसारका सबैभन्दा धेरे मान्छेमाथि हैकम चलाउन सफल भएका मान्छे हुन् । उनको हैकम संसारका धेरै मान्छेले स्वीकार गरिसकेका छन् । प्रकृतिको सर्वश्रेष्ठ जीव मान्छे र यति उच्च जीव आपसमा एक भएर प्रकृतिलाई शासन गर्ने तरिका सिकाएर चलाएको हैकम सबैभन्दा उच्चस्तरको हैकम हो । उनले पत्ता लगाएको नयाँ बुद्धिले मान्छेले मान्छेमाथि गर्ने शोषण समाप्त पार्ने उपाय बताइदियो । झन्डै दुई सय वर्ष बितिसक्दा पनि त्योभन्दा अर्काे उच्च बुद्धि कसैले प्रयोग गर्न सकेको छैन । वर्ष बित्दै जाँदा संसारका सबै मान्छे त्यही बुद्धिलाई स्वीकार गरेर आफ्नो बुद्धि थप गर्दे परिपूर्ण बनाउँदै जाने छन् । त्यो बुद्धिको पूरा हैकम चल्ने÷चलाउने समयमा मानव समाजमा शोषण र शासन हुने छैन । अहिले त्यसरी नै हैकम चलाउने प्रयत्नका प्रयोग भइरहेका छन् ।

    समाजका त्यतिखेरसम्मका मान्छेले प्रयोग गरेको बुद्धिमा आफ्नो बुद्धि थपेर सबैभन्दा शक्तिशाली बुद्धि उत्पादन गर्ने मान्छे कार्ल माक्र्स हुन् । उनी जर्मनमा उन्नाइसौँ शताब्दीको संसारका सबैभन्दा धेरे मान्छेमाथि हैकम चलाउन सफल भएका मान्छे हुन् । उनको हैकम संसारका धेरै मान्छेले स्वीकार गरिसकेका छन् ।

    उच्चस्तरको बुद्धि खोज्न थाल्ने हो र खोज्दै जाने हो भने पहिले नम्बरमा माक्र्स नै पर्छन् । तर उनको बुद्धिको अनुयायी बन्न सजिलो छैन । सजिलो भएको भए हाम्रा देशका नेपाली बुद्धिमध्ये पहिलो नम्बरको बुद्धि भएका व्यक्ति प्रचण्ड नै बन्ने थिए । तर उनको हैकम लामो समयसम्म चल्न सकेन । विचरा विप्लवको बुद्धिलाई ओलीको हैकम मातहतमा नगइकन सुखै भएन । नेपालको एक नम्बरको माक्र्सवादी हुन ओलीले पशुपतिमा सुनको जलारी राख्न सहमत भए । कहाँको माक्र्सको धर्म विरोधी विचार ! कहाँको ओलीको हिन्दु धर्मको अनुयायी विचार ! छेउटुप्पा नै मिलेन । आखिरमा गएर मोदीको अनुयायी भएको थाहै पाएनन् । हैकम चलाउने प्रतिष्पर्धामा कम्युनिस्ट नाम राखेर सुरु गरेको प्रतिस्पर्धा धुलोमा मिसिएर पनि अझै नाम फेर्ने काम सम्पन्न गर्न सकेका छैनन् ।

    माक्र्सका सच्चा अनुयायी लेनिन थिए । उनले रुसी जनताकै मन जितेर ४० वर्षसम्म एकताको बलियो सूत्रमा आबद्ध गर्न सफल भए । उनको हैकम अहिले पनि संसारभर फैलिरहेको छ । त्यो काम बुद्धि र बल दुवैको एकताको प्रतीक थियो । पहिला बुद्धि र बुद्धिको मातहतमा एकत्रित भएको बल—यी दुवैको एकताको प्रतीक रुसी अक्टोबर क्रान्तिको विजय थियो ।

    लेनिनले क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुन सक्दैन भनेको पनि अनुयायी बनेर प्रयोग गरेको बुद्धिजीवीले अध्ययन र लेखन, व्याख्या र विश्लेषणका लागि हो भन्दै गर्दा माक्र्सले पहिलो पटक अध्ययन र लेखन रूपान्तरण अथवा परिवर्तनका लागि हो भनेका थिए । लेनिनले आफ्नो अध्ययन र लेखन परिवर्तनका लागि भएको प्रमाणित गरेरै छाडे । त्यही हो, हैकम स्थापित गरको अवस्था र हैकम पनि २–४ वर्ष र १–२ पुस्ताका लागि मात्रै नभएर धेरै वर्ष र धेरै पुस्ताका लागि स्थापित हैकम थियो ।

    आफ्नो जीवनकालमा पनि लेनिन सम्मानित व्यक्ति थिए र अहिलेसम्म पनि उनको सम्मानमा कमी आएको छैन । तीक्ष्ण बुद्धि, अथक परिश्रम र सतर्कता–तीन वटै कारणले लेनिनको हैकम स्थापित भएको थियो । आफैले जबर्जस्ती हैकम जमाउने कोसिस भने पटक्कै गरेका थिएनन् । लेनिनको मृत्युपछि स्तालिनको पालामा मात्रै लेनिनवादको कुरा ल्याइएको थियो ।

    माक्र्सको बुद्धि मात्र प्रयोग गरेको भए लेनिनवाद भन्नुको कुनै आवश्यकता थिएन । आफ्नो थप योगदान भएकाले र त्यो योगदान माक्र्सको अनुयायीको हैसियतमा रहेर त्यसैको मातहतको भएकाले माक्र्सवाद–लेनिनवाद भन्नुपरेको हो । माक्र्सको बुद्धिको हैकमले नपुगेर थप गरेको र थप योगदानको कदर नगरिकन माक्र्सवाद अपुरो हुने भएकाले दुवैको योगदान मिसाएर नयाँ हैकम स्थापित भएको हो ।

    लेनिनको हैकम स्थापित हुनुभन्दा पहिला रुसमा जारको हैकम स्थापित थियो । त्यो हैकम बुद्धिको आधारमा स्थापित हैकम नभएर परम्परा र धर्मका आधारको सैनिकबलमा स्थापित हैकम थियो । जार शक्तिशाली थियो । तर त्यो शक्ति सैनिक बलमा टिकेको थियो । त्यसको आधारमा धर्म र परम्परा थियो । ठाँटबाँठ, धाकरवाफ देखाउन, प्रयोग गरिने सामन्ती संस्कारमा टिकेको थियो । जब जनताले बुझे कि लेनिनको भनाइ हाम्रो मुक्तिसँग सम्बन्धित छ । हामी अन्याय र अत्याचारका साथै शोषण र दमनमा छौँ, त्यसपछि उनीहरू सपनाबाट ब्युँझेर सङ्गठित शक्ति प्रदर्शन गरौँ, तब मात्रै बुद्धिको आधारम बल निर्माण भयो । सङ्गठित शक्तिका अगाडि जति धेरै हातहतियारले सुसज्जित सैनिकबलको पनि केही लागेन । लेनिनको हैकम स्थापित भयो । सैनिक बल पनि स्थापित भयो ।

    माक्र्सको बुद्धि मात्र प्रयोग गरेको भए लेनिनवाद भन्नुको कुनै आवश्यकता थिएन । आफ्नो थप योगदान भएकाले र त्यो योगदान माक्र्सको अनुयायीको हैसियतमा रहेर त्यसैको मातहतको भएकाले माक्र्सवाद–लेनिनवाद भन्नुपरेको हो । माक्र्सको बुद्धिको हैकमले नपुगेर थप गरेको र थप योगदानको कदर नगरिकन माक्र्सवाद अपुरो हुने भएकाले दुवैको योगदान मिसाएर नयाँ हैकम स्थापित भएको हो ।

    सैन्यशक्ति बिना अध्ययन र चिन्तन मनन गर्दा पनि त्यो हैकमबाट जनताको अन्याय, अत्याचार, शोषण, दमन अन्त्य गर्ने काम भैरहेको महसुस गर्नुपर्ने भयो । पराजित शक्तिले आफ्नो गुमेको स्वर्ग फर्काउन जतिसुकै कोसिस गरे पनि केही सिप लागेन । एकातिर, बौद्धिक आधार थियो, अर्कातिर, भौतिक शक्तिसहितको सङ्गठित संरचना थियो । त्यसकारण मन लागेर पनि साथसाथै केही सिप नलागेर पनि लेनिनको हैकम स्थापित र सञ्चालित थियो । हुन त सक्दैन नै, त्यो सैनिक बल वा भौतिक बल पनि बौद्धिक बलमा टिकेको र चलेको हुन जरुरी छ ।

    मानवमुक्तिका लागि लामो समयदेखि कल्पना गर्ने मान्छे भए पनि त्यति धेरै लामो समयसम्म हैकम स्थापना गर्ने र सञ्चालन गर्ने भौतिक शक्ति निर्माण गर्ने पहिलो व्यक्ति लेनिन नै हुन् भनेर छोड्नु एउटै कुरा होइन । भौतिक परिस्थिति तयार पार्ने तयार नभएको अवस्थामा आधार निर्माण गर्ने र त्यही आधारमा रहेर उपरी संरचना बनाउने काम पनि गर्नुपर्छ ।

    लेनिनको हैकम स्थापित भएको अवस्थालाई मात्र हेरेर अनुमान लगाउँदा वास्तविकता थाहा पाउन सकिन्छ । उनले आधार तयार पार्न गरेको अध्ययन, सङ्गठित भई गरेको प्रयत्न, सतर्क भई जारका जासुसलाई छक्काएर रहन सकेको अवस्था, निर्वासन, जेल, देशनिकाला, प्रवासमा रहेर गरेको काम ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने क्षमताको अभ्यास र विकास गरको क्षमता आदि सबैको एकमुष्ठ परिणामको फलको पुरस्कार त्यही स्थापित हैकम हो । उनी शासितबाट शासक भएपछि पनि उनले आफ्नो सतर्कता कत्ति पनि कम गरेका थिएनन् । क्रेमलिन भवनमा गएर शासन गर्ने मान्छे छनौटमा ठुलै समस्या परको थियो । आफूले शासित हुँदा जनतालाई दिएका आश्वासनको मातहतमा अडिग थिए । कत्ति पनि विचलित नभइकन एकएक आश्वासनको जोखतौल गरेर पूरा गरेका थिए, बरु इमान्दार मजदुरलाई प्रशासकीय भवनमा गएर काम गर्न दिएको जिम्माबाट फर्केर आफूलाई भेटेका मजदुरलाई कडा जवाफ दिएर नतमस्तक बनाएका थिए । त्यो र त्यस्तो किसिमको समाधान जो कोही अरूले गर्न सक्दैनन् ।

    जनताको सत्ता स्थापित भएपछिका शासक ठिक बनाउन अप्ठेरो अवस्थामा कारखानामा काम गरिरहेका इमान्दार मजदुरलाई केन्द्रीय प्रशासनको जिम्मा लगाएको केही समयपछि लेनिनलाई आफूहरू शासकको रूपमा होइन, पहिलकै मजदुरको अवस्थामा काम गर्न जाने अनुमति माग्दा स्पष्टसँग आफूले खटाएको ठाउँमा गएर काम गर्नैपर्छ, म पनि कहिल्यै राष्ट्राध्यक्ष भएकै थिइनँ, साथीहरूले र सङ्गठनले यो जिम्मामा खटाएपछि काम गर्नैपरे जस्तो तपाईंहरूले पनि आफूले सक्ने जान्नेजति काम त्यहीँ गएर गर्नुपर्छ भन्ने प्रत्युत्तरमा घोप्टो मुन्टो लगाएर भए पनि फिर्ता भएर शासकीय जिम्मा सम्हाल्न जानैपरेको इतिहास हामीले पढेका छौँ । त्यो चानेचुने बुद्धिले वा खेलचारी गरेर पाएको वा दिएको जिम्मेवारी पटक्कै पनि थिएन ।

    माक्र्सको सिद्धान्तमा आफ्नो सङ्गठनसम्बन्धी थप योगदान नमिसाएर माक्र्सको पालाको जस्तै सङ्गठन रहन दिएको भए त्यो बेला र त्यो अवस्थामा रुसमा क्रान्ति सम्पन हुने, सत्ता जनताको हातमा हस्तान्तरण हुने र लेनिनको हैकम स्थापित हुने सम्भावना रहने थिएन । लेनिनले त्यो प्रतिकूल अवस्थालाई मनन गर्ने र पेरिस कम्युनको अनुभवको ख्याल गरेर कम्युनिस्ट पार्टीको हुन सक्ने ठुलो क्षतिलाई कम गराउने उद्देश्यले भूमिगत पार्टी र खुला राजनीति बनाएर योगदान थपेका थिए । ती दुवै काम हेर्दा अहिले साधारणजस्तो लागे पनि धेरै महत्त्वका थिए ।

    माक्र्सको सिद्धान्तमा आफ्नो सङ्गठनसम्बन्धी थप योगदान नमिसाएर माक्र्सको पालाको जस्तै सङ्गठन रहन दिएको भए त्यो बेला र त्यो अवस्थामा रुसमा क्रान्ति सम्पन हुने, सत्ता जनताको हातमा हस्तान्तरण हुने र लेनिनको हैकम स्थापित हुने सम्भावना रहने थिएन ।

    दोस्रो महत्त्वपूर्ण थप योगदान सदस्यतासम्बन्धी बनाइएका तीन वटा अनिवार्य सर्त थिए । आफ्नो बनिबनाउ सङ्गठनलाई फुटाउने वा फुट्न सक्ने कुरा कम महत्त्वको र तीन वटा सर्त बढी महत्त्वका बनाएर अनिवार्य सर्त लागु गर्दा पार्टी त फुट्यो नै । तर अनुशासित पार्टीनिर्माण गर्न सकेका कारण जनताको सत्ता जनताकै बलले कब्जा गर्न सक्ने अवस्था मात्र आएन, अवसरवादीहरू सङ्गठनबाट बाहिरिएका कारण लामो समयसम्म सत्ता सञ्चालनको अवरोध समयमै ट¥र्या । त्यो यसकारणले हो, लेनिनले प्रस्ताव गरेका तीन वटा सर्त मेन्सेभिकजस्ता अवसरवादीको सङ्गठनात्मक क्षमताभन्दा बाहिरका थिए । उनीहरूलाई जनताको सत्ता र जनताको मुक्तिभन्दा आफू नेता बन्ने र अवसरको फाइदा उठाउने विषय प्रमुख थियो । उनीहरूलाई लेनिनको क्रान्तिकारी हैकम होइन, आफूहरूको अवसरवादी हैकम चाहिएको थियो । त्यस्तो सम्भव थिएन र हुन सकेन पनि ।

    वास्तवमा आफ्नोभन्दा श्रमजीवी जनताको पक्षमा काम गर्ने र आफूलाई पनि श्रमजीवी जनताको एउटा एकाइ बनाउने काम अवसरवादीलाई फलामेका चिउरा चपाएसरह नै हुन्छ । त्यसकारण हैकम लेनिनको थिएन, शोषित–उत्पीडित श्रमजीवी रसियन जनताको हैकम थियो, जसको नेतृत्व लेनिनले गरेका अथवा उनको नेतृत्वमा आफूहरू गोलबन्द भएका थिए ।

    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.