काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताउनुभएको छ । प्रमुख सत्ता साझेदार प्रचण्डले यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउने बताउनुभयो ।
एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्ताका क्रममा प्रचण्डले भन्नुभएको छ, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’
उहाँले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताउनुभयो । यस्तै, प्रचण्डले गठबन्धन सरकारमा समस्या नआउने दाबी पनि गर्नुभएको छ ।
यो पनि : प्रतिगमन भन्दा गम्भीर ‘एमसीसी सम्झौता’ पास गर्ने प्रपञ्च हुँदैछ : डा. आचार्य
एमसीसी सम्झौता अघि बढाउने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सत्तामा आपछि एमसीसीबारेको बहस फेरि सुरु भएको छ । एमसीसीका सन्दर्भमा प्रधानमन्त्री देउवा र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली एका ठाउँमा उभिँदै आएका छन् । तर, संसद भित्र र बाहिर एमसीसीविरुद्ध ठूलो विरोध रहँदै आएको छ ।