केपी बिरही, दुबई ।।
सुदूर पश्चिम सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ ।
कोभिड–१९ का कारणले स्वास्थ्य सुरक्षा तथा सावधानीलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट जुलाई १७, २०२१ का दिन सम्पन्न सो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले दानसिंह महराको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष मोहन ठकुराठी, प्रथम उपाध्यक्षमा नवराज भट्ट, उपाध्यक्षमा शिवराज तिमल्सिना र महासचिवमा यादव पन्त चयन भएका छन् ।
त्यसैगरी सचिवमा नरेश पन्त, सहसचिवमा घनश्याम महरा, कोषाध्यक्षमा नरेश भट्ट र सहकोषाध्यक्षमा मनोज साउद चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा सिर्जना मल्ल, अनुप्रिया पन्त, निर्प नेपाली, मानसिंह नाथ, हुदयराज बजगाई, अजय भट्ट, विमल क्षेत्री, भक्त खड्का, टङ्कप्रसाद जोशी र समीप क्षेत्री छन् ।
सुदूर पश्चिम सेवा समाजको स्थापना छ वर्षअघि भएको थियो ।

