• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हजारौंको जुलुशमा कोरोना नसर्ने, कक्षा कोठामा मात्रै सर्छ ?


  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
  • विष्णुचन्द्र अधिकारी

    Advertisement

    कोरोना भाइरसको संक्रमणको जोखिमका कारण पटक पटक लागू गरिएको लकडाउन तथा निषेधाज्ञाले गर्दा करिब दुई वर्षदेखि शैक्षिक वातावरण खलबलिएको छ । यसबाट दुई वटा शैक्षिक सत्रमा गम्भीर असर परिसकेको छ । विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयको कक्षा कोठामा बसेर साथीहरूसँग पढ्न, खेल्न पाएका छैनन् । शिक्षक र अभिभावकले बच्चाहरूलाई उमेर अनुसारका क्रियाकलाप गराउन नपाएको अवस्था छ ।

    यद्यपी हामीले पहिलो वर्ष लकडाउन जारी भएदेखि नै अनलाइन कक्षा सञ्चालन गर्यौं । गएको शैक्षिक सत्र त्यसरी नै पुरा भयो । अनलाइनबाटै पढाई, अतिरिक्त क्रियाकलाप, परीक्षा लगायतका गतिविधि सञ्चालन गरियो । चालू शैक्षिक सत्र सुरु हुँदासमेत निषेधाज्ञा लागू रहेको अवस्थाका कारण अहिले पनि अनलाइनबाटै शैक्षिक गतिविधि सञ्चालन भइरहेको छ ।

    तर, विद्यार्थीहरूलाई भौतिक रुपमै कक्षा कोठामा उपस्थित गराएर हुने अध्यापन जत्तिको प्रभावकारी अनलाइन कक्षा हुन सक्दैन । हाम्रो देश गाउँ नै गाउँले भरिएको र दूरदराजमा प्रविधिको पहुँच नपुगिसेको हुनाले सबै क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न सम्भव पनि छैन । हाम्रो विद्यालयको सन्दर्भमा ९० प्रतिशत जति विद्यार्थीहरू अनलाइन कक्षामा सामेल छन् । बाँकी बच्चाहरू सामेल हुन सकेका छैनन् । निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण काठमाडौंमा डेरा लिएर बस्ने कयौं अभिभावक गाउँतिर गएका छन् । आफ्ना अभिभावकसँगै थुप्रै बालबालिका पनि गाउँमा भएका कारण उनीहरू अनलाइन कक्षामा सामेल हुन सकेका छैनन् । सम्भवतः काठमाडौंभरीकै विद्यालय वा अन्य शहरी क्षेत्रमा पनि सबैतिर हाम्रो जस्तै अवस्था हुन सक्छ ।

    अनलाइन कक्षा सञ्चालन गर्न कयौं कठिनाइहरू छन् । कहिले बत्तिको समस्या हुन्छ, कहिले नेटको समस्या वा अन्य प्राविधिक समस्या देखिने गर्दछ । कक्षा १ सम्मका साना बालबालिकालाई अनलाइन कक्षामा उपस्थित गराएर पढाउनु अत्यन्त कठिन हुन्छ । प्रत्यक्ष रुपमा विद्यार्थी भाइबहिनी कक्षा कोठामा उपस्थित भएर गरिने अध्यापन यसकारण पनि प्रभावकारी हुन्छ कि, त्यहाँ अध्यापनबाहेक कतिपय अतिरक्ति क्रियाकलाप गराइन्छ, जसले विद्यार्थीको शारीरिक, मानसिक विकाससँगै क्षमता अभिवृद्धि गर्न मद्दत पुर्याउँछ । विगत दुई वर्षदेखि विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापको कमी महसुस भइरहेको छ ।

    यद्यपी हामीले विद्यार्थीलाई सकेसम्म अनलाइनबाटै भए पनि अतिरिक्त क्रियाकलाप गराउने प्रयत्न गरेका छौं । हामीले अहिले म्युजिक कक्षा सञ्चालन गरिरहेका छौं । अब योगाका क्लास पनि सञ्चालन गर्दैछौं । अनलाइनबाटै विभिन्न अतिरिक्त क्रियाकलाप जस्तै, हाजिरी जवाफ, कविता प्रतियोगिता, नृत्य, गायन जस्ता प्रतियोगिता गराउने गर्दछौं । हालै भानु जयन्तीका अवसरमा यस क्षेत्रका ४/५ वटा विद्यालयबीच अन्तर विद्यालय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो, जसमा हाम्रा विद्यार्थीहरूले पनि भाग लिएका थिए ।

    यस्तै, परीक्षा पनि अनलाइनबाटै सञ्चालन गरिरहेका छौं । विद्यार्थीलाई घरमै प्रश्नपत्र पठाइदिने र शिक्षक/शिक्षिकाले प्रत्यक्ष भिडिओमार्फत विद्यार्थीको परीक्षा लिने गर्नुहुन्छ । त्यसो गर्दा हामीले केवल विद्यार्थीको उत्तरपुस्तिकालाई मात्रै आधार बनाउँदैनौं । विद्यार्थीको परीक्षणका लागि अनलाइन कक्षामा निरन्तरता, होमवर्क, क्लासवर्क, अतिरिक्त क्रियाकलाप जस्ता ७/८ वटा आधारहरू छन्, जसलाई ‘निरन्तर निर्धारण प्रणाली (CAS)’ भनिन्छ । गत वर्षको एसईई परीक्षा पनि हामीले त्यही अनुसार लियौं र मूल्यांकन गरेर पठायौं । हामीले एसईईको अत्यन्त ‘फेयर’ रिपोर्ट दिएका थियौं । विद्यार्थीको निरन्तर मूल्यांकनका लागि साप्ताहिक रुपमा ‘स्किल टेस्ट’ गर्ने गरिन्छ भने त्रैमासिक रुपमा पनि परीक्षा लिने गरिएको छ । यस वर्षको पहिलो मासिक परीक्षा यही साउन ५ गतेदेखि सञ्चालन हुँदैछ ।

    हामीले सकेसम्म अनलाइन कक्षालाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेका छौं । हाम्रा शिक्षक साथीहरू विद्यार्थीको सिकाइमा कुनै कमी नहोस् भनेर अहोरात्र खटिरहनु भएको छ । विद्यार्थी र अभिभावकको पनि सहयोग पाएकै छौं । तैपनि लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्र उकुसमुकुस भएको छ । हामी छिट्टै विद्यालय खुल्ने आशमा छौं ।

    सरकारले गरेको निर्णय र स्वास्थ्य मापदण्ड पालना गर्नु हामी सबैको कर्तब्य हो । राज्यको विधि विधान विपरित हामी कोही पनि जान सक्दैनौं । त्यसमा पनि विद्यालय जस्तो सम्वेदनशील क्षेत्र, जहाँ साना भाइबहिनीहरू हुन्छन्, उनीहरूका लागि स्वास्थ्य मापदण्ड पालना गराउनु सम्भव हुँदैन । त्यसकारण शैक्षिक क्षेत्रलाई थप कडाइ गर्नु स्वाभाविकै हो । तर, राज्य सञ्चालकहरूले भने आफैँले बनाएको नियम पालना गरेको देखिँदैन । राजनीतिक दल र तिनका भातृ संगठनहरूले हजारौंका जुलुश निकालिरहेका छन् । हालै निवर्तमान भएका प्रधानमन्त्री केपी शर्मा ओलीजी बालुवाटार छोडेर बालकोट जाँदा पनि हजारौं मानिसको भिडभाड जम्मा गरियो । दलहरूका यी क्रियाकलापले कोरोना संक्रमण केवल विद्यालय/कलेजका कक्षाकोठामा मात्रै सर्ने हो कि जस्तो व्यवहार गरिएको छ । यो दुःखद पक्ष हो ।

    अब सम्भवतः निषेधाज्ञा धेरै लामो समयसम्म जाँदैन कि जस्तो लाग्छ । शैक्षिक क्षेत्र र लामो दूरीका यातायात तथा अन्य केही भीडभाड हुने व्यवसायीक क्षेत्र मात्रै अहिले बन्द छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा यही साउन १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । सम्भवतः अब भदौ महिनादेखि शैक्षिक संस्थाहरू खुल्छन् कि ?

    (काठमाडौंको कपन, बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.