काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सो जानकारी दिनुभएको हो ।
Advertisement
शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी अनुदान खोप उपलब्ध गराएको जनाएको छ । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।
यस्तै, अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।
त्यसैगरी नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।