• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुर्गा पौडेललाई गठबन्धनका सबै नेताको आग्रह : राजमो सरकारमा आउनुपर्‍यो


  •   मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले राष्ट्रिय जनमोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकमा सहभागी नेताहरूले राजमोलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

    Advertisement

    सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । सोही आदेश बमोजिम मंगलबार देउवाले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ ।

    देउवाले प्रधानमन्त्री पदको शपथ लिएसँगै तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुनेछ । मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा (माओवादी) केन्द्रबाट दुई जना सहभागी हुने छन् ।

    सोमबार बसेको गठबन्धनको बैठकमा देउवाले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई मन्त्री बन्न आग्रह गरेको पौडेलले बताउनुभयो । यस्तै, बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादवले पनि राजमोलाई समेत सरकारमा सामेल हुन आग्रह गर्नुभएको थियो ।

    जवाफमा राजमो उपाध्यक्ष पौडेलले अहिले आफ्नो पार्टीको सरकारमा जाने नीति नरहेको स्पष्ट पार्दै लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि आफ्नो पार्टी सँगसँगै रहने बताउनु भयो । उहाँले सबै दल तथा आम जनताको ऐक्यवद्धताबाट प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गर्न सफल भएको र दलहरुबीचको एकता गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि अझै आवश्यक रहेको बताउनुभएको थियो ।

    कार्यक्रममा नेताहरूले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण फैसला भएको भन्दै सर्वोच्चलाई धन्यवाद दिएका थिए । बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षागर्ने सवालमाअदालतको फैसला ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै स्वागत गरेको हो ।

    यसैबीच एमालेको नेपाल समूहले भने अब परिवर्तित अवस्था अनुसार पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने बताएको छ । बैठकमा सहभागी नेता नेपालले अदालतको फैसला र पार्टी एकताका लागि भएको सहमतिपछि अब आफूले पार्टीभित्र सल्लाह गरेर अघि बढ्ने बताउनुभएको थियो । अहिलेको अवस्थामा गठबन्धनमै रहने तथा देउवा नेतृत्वको सरकारमा सामेल हुने विषय आफ्ना लागि सहज नहुने नेता नेपालले स्पष्ट पार्नुभएको थियो ।

    यस्तै, जनता समाजवादी पार्टीको पनि दलसम्बन्धी विवाद निर्वाचन आयोगमा रहेकाले सो मुद्दा निरुपण भएपछि मात्रै सरकारमा सहभागी हुने भएको छ । जनता समाजवादी दलबाट राजेन्द्र महतो, महन्थ ठाकुर पक्ष अलग भएर ओली नेतृत्वको सरकारमा सामेल भएको थियो ।

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.