• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको प्रयास असफल : मसाल


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सबैको एकता र प्रयत्नद्वारा देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको कदमलाई असफल पार्न सम्भव भएको बताउनुभएको छ ।

    Advertisement

    वक्तव्यमा ओलीले पहिले पनि संसदको पुनर्स्थापनालाई निष्फल पार्न प्रयत्न गरेका थिए भन्दै पुनः फैसला विरुद्ध षडयन्त्र गर्न सक्ने सम्भावनातर्फ मसालले सचेत गराएको छ ।

    यस्तै, नेकपा (एमाले) कार्यदलले पार्टी एकताका लागि भन्दै तयार पारेका बुँदा निरर्थक रहेको पनि मसालको ठहर छ। सो सम्झौताप्रति असहमति प्रकट गरेर वरिष्ठ नेता माधव नेपालले सकारात्मक काम गरेको मसालले जनाएको छ ।

    यस्तो छ वक्तव्य–
    “सर्वोच्च अदालतले संसदको पुनस्र्थापनाको जुन निर्णय गरेको छ, त्यसलाई ने.क.पा.(मसाल)ले स्वागत गर्दछ । त्यो फैसलाको लागि प्रधानन्यायधिश र संवैधानिक इजलासका सबै न्यायधिशहरुलाई धन्यवाद दिन चाहन्छौँ । यसका साथै संसद विघटनका विरुद्ध वहस गर्ने सबै वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूलाई धन्यवाद दिन चाहन्छौँ । संसदको विघटनको विरुद्ध देशव्यापी रुपमा आवाज उठाउने सबै राजनीतिक दल, संघसंस्था, न्यायप्रेमी जनता, वुद्धिजीवि पत्रकार आदि सबैलाई हामीले धन्यवाद दिन चाहन्छौँ । सबैको त्यस प्रकारको एकता र प्रयत्नद्वारा नै ओलीको देशलाई प्रतिगमनतर्फ लैजाने कदमलाई असफल पार्नु सम्भव भएको हो ।

    नेकपा (एमाले)को पार्टी एकताको लागि कार्यदल बनाएर जुन प्रयत्न गरिएको थियो, त्यसलाई हामीले सकारात्मक रुपमा नै लिएका थियौँ । हामीले एमाले मात्र होइन, पूर्व नेकपाका विभाजित सबै घटकहरुका बीचमा पार्टी एकता वा संयुक्त मोर्चा बन्नुपर्छ भन्ने धारणा राख्दै आएका थियौँ र अहिले पनि त्यस प्रकारको आवश्यकतामा जोड दिन्छौँ । तर त्यस प्रकारको एकताको लागि ओलीको बर्हिगमन निर्णयात्मक शर्त हुनुपर्दछ । खालि वामपन्थी एकताको लागि मात्र होइन, सम्पूर्ण देशका लागि नै यो आजको राष्ट्रिय आवश्यकता भएको छ । तर पक्षलाई ध्यान नदिइकन एमालेको कार्यदलले सहमतिका जुन बुँदाहरु तयार पार्यो, ती निरर्थक थिए । त्यस प्रकारको सहमतिप्रति असहमति प्रकट गरेर कमरेड माधव नेपालले जुन प्रकारको अडान लिनुभयो, त्यसका लागि हामीले उहाँलाई धन्यवाद दिन चाहन्छौँ ।

    अहिले सर्वोच्चले संसदको पुनस्र्थापना गरेको छ । तर ओलीले पहिले पनि संसदको पुनस्र्थापनालाई निष्फल पार्नका लािग प्रयत्न गरेका थिए । अहिले पनि उनले त्यस प्रकारको प्रयत्न गर्ने सम्भावनलाई अस्वीकार गर्न सकिन्न । ओली पक्षका मानिसहरुले सर्वोच्चको फैसलाको विरुद्ध आवाज उठाउन थालेको पाइएको छ । त्यसकारण ओली पक्षले सर्वोच्चको फैसलालाई असफल वा निष्फल पार्न सुनियोजित प्रकारले षडयन्त्र गर्ने कुरा प्रष्ट छ । त्यसैले त्यस प्रकारका सबै प्रयत्नहरुका विरुद्ध व्यापक संघर्ष गर्नुपर्ने र त्यसका लागि व्यापक एकता कायम गर्नुपर्ने आवश्यकतामा नेकपा (मसाल) ले विशेष जोड दिन्छ । त्यो दिशामा ५ दलको गठवन्धनले जुन भूमिका खेल्दै आएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिन्छौँ र स्वागत गर्दछौँ । तर त्यो दिशामा संघर्ष र एकतालाई अरु व्यापक बनाउँदै लैजानुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ, अनि मात्र हामीले ओलीको प्रतिगमनलाई पराजित गर्न सक्दछौँ र गर्नु पनि पर्दछ ।”
    २०७८ असार २८ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.