• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राप्ती साहित्य परिषद्को चौधौँ वार्षिकोत्सव सम्पन्न


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, मुसिकोट ।।

    Advertisement

    राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको चौधौँ वार्षिक समारोह तथा रुकुम साहित्यमालाको ८५औँ शृङ्खला २०७८ असार २६ गतेका दिन मुसिकोट नगरपालिकाअन्तर्गत रहेको यमुना नन्द मावि सेरीगाउँको सभाहलमा सम्पन्न भएको छ ।

    राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको यस कार्यक्रमको प्रमुख अतिथिमा मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतम हुनुहुन्थ्यो भने विशेष अतिथिमा नगर उपप्रमुख प्रेमकुमारी सुनार, प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रसाद बुढा र सुमना अक्षयकोषका संस्थापक मुकुन्दप्रसाद शर्मा हुनुहुन्थ्यो ।

    त्यसैगरी, अन्य अतिथिमा प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका अध्यक्ष कमप्रसाद देवकोटा, प्रलेस रुकुमका सल्लाहकार नन्दराम देवकोटा, जनविकास पुस्तकालय रुकुम पश्चिमका उपाध्यक्ष नारायणप्रसाद शर्मा, यमुनानन्द नमुना माविका प्रअ दामोदर पौडेल, कला, साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणी रुकुम पश्चिमका अध्यक्ष कुवेर ओली, साहित्यकारहरू गोपाल ओली, दिलिपकुमार देवकोटा र सत्यनारायण श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रममा रुकुम साहित्यमाला पुरस्कार–२०७८ बाट साहित्यकार नदीराम केसी तथा सुमना सुमन पुरस्कार–२०७८ बाट पत्रकार मनिष खड्का पुरस्कृत हुनुभएको थियो ।

    साहित्यकार नदीराम केसीको स्रष्टा चिनारी साहित्यकार कमप्रसाद देवकोटाले गराउनुभएको थियो भने पत्रकार मनिष खड्काको चिनारी साहित्यकार मुकुन्दप्रसाद शर्माले गराउनुभएको थियो ।

    कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष मनलाल ओलीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सचिव ओमबहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

    पत्रकार मनिष खड्काले संस्थाको उत्थानका लागि भन्दै नगद दुई हजार राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखालाई हस्तान्तरण गर्नुभएको थियो ।

    त्यसैगरी मुसिकोट नगर प्रमुख साहित्यिक अक्षयकोषका लागि मुसिकोट नगरपालिकाले यस परिषद्लाई एक लाख नगद प्रदान गर्ने निर्णय भएको जानकारी गराउँदै मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले सांस्कृतिक रूपान्तरणका लागि मुसिकोट नगरपालिकाले नयाँ योजना बाएर अगाडि बढ्ने कुरा व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा एक्कबहादुर केसी, समष्टि बुढा, नन्दराम देवकोटालगायतका करिब दर्जन स्रष्टाले रचना वाचन गरेका थिए भने वाचित रचनाको समीक्षा साहित्यकार मुकुन्दप्रसाद शर्माले गर्नुभएको थियो ।

    राप्ती साहित्य परिषद्का सदस्य रूपा केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव ओमबहादुर खत्रीले गर्नु भएको थियो ।

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.