• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

महिलाले पढ्नु हुँदैन भन्ने वेददर्शनको मान्यता गलत


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । महिलाहरूले पढ्न हुँदैन र पुरुषले मात्रै पढ्नुपर्छ भन्ने वेददर्शनका कतिपय गलत मान्यता अहिले पनि समाजमा कायम रहेको बताइएको छ ।

    Advertisement

    नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१औँ योगमाया स्मृतिदिवसका अवसरमा मङ्गलबार आयोजित “पौरस्त्य दर्शनका आलोकमा महिला” विषयक विचारगोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महिलाहरूले पढ्न नपाउने भन्ने कुरा वेदको सही व्यवस्थापन नभएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश वेदको व्याख्या गरिँदा वेददर्शनका केही आधारभूत कुरा विकृत भएर जान्छन् । त्यसैले यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यता के छन्, कुन पृष्ठभूमिमा ती संरक्षित भए र तिनीहरूको सन्देश के हो भनेर बुझ्न सहयोग पुर्याउँछन् ।’

    उहाँले त्यसको साङ्केतिक महत्त्वलाई बुझेर मनन गर्न सकेमा हरेक युगमा मानवको जीवनलाई निर्देशित गर्ने प्रकारका कुरा वेदमा रहेको विचार व्यक्त गर्नुभयो ।

    प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पौरस्त्य दर्शनका आलोकमा महिलाको स्थान विशिष्ट, उच्च र सम्मानित रहेको बताउँदै पहिले पौराणिक कालमा मात्रै होइन, अहिले पनि नेपाली समाजमा महिलाको स्थान सम्मानजनक छ । रीतिथितिलाई बुझ्दै हामीले समयानुसार चल्नुपर्छ । उहाँले सबैलाई न्याय दिने, मान्य हुने कानुन बनाउनुपर्छ भन्नुभयो ।

    प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले वेदमा महिलाको स्थिति के रहेछ ? बौद्धदर्शनमा महिलाको अवस्था के रहेछ र हाम्रो धर्मदर्शनमा महिलाको अवस्था के रहेछ भनेर बुझ्नका लागि कार्यक्रम फलदायी भएको ठहर गर्नुभयो । उहाँले वैदिक वाङ्मयमा महिलाको अवस्था सम्मानजनक रहेको उल्लेख गर्दै वेदका मन्त्रका रचयिता पुरुष र महिला दुवै भएकाले पनि महिलाको स्थान उच्च रहेको विचार व्यक्त गर्नुभयो ।

    गोष्ठीमा “वैदिक दर्शन र महिला” विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डा. शुक्रराज अधिकारीले ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त रहेको तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कैयौँ मन्त्र महिलाले नै लेखेको बताउनुभयो । उहाँले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’ का रूपमा स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो । यही वेद अहिले महिलाले पढ्नुहुन्न भनिन्छ । तर वेदका ४२२ वटा मन्त्रका मन्त्रद्रष्टा नारी तथा ‘ऋषिका’ थिए ।’
    कार्यक्रममा बेलायतबाट भर्चुअल माध्यमबाट भिक्षु कश्यपले “बौद्धदर्शन र महिला” विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचोमिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गर्नुभयो ।

    प्राडा शशी अधिकारीले “धर्म, दर्शन र कानुनमा महिलाको अधिकार” विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै वैदिककालमा महिलाको स्थान समानताउन्मुख भए पनि आधुनिक युगमा लैङ्गिक समानताका लागि महिलाहरू सङ्घर्षरत रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “संविधान र कानुनले गरेको व्यवस्थाको कार्यान्वयनका लागि पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म कार्यान्वयन हुन सक्दैन । असमानतालाई हटाउँदै समानता लागु गर्न लैङ्गिक विभेदकारी सोचमा नै परिवर्तन आउनुपर्ने र सो परिवर्तन नभएसम्म महिलाले पूर्ण अधिकार पाउन कठिन छ ।’

    डा. अधिकारीको गोष्ठीपत्रमाथि साहित्यकार विष्णु प्रभातले टिप्पणी गर्दै महिलाको स्थानमा केही पुरानो वैदिक, उत्तर वैदिक वा ऋग्वेदको कुरा जोड्दा तीनचार वटा प्रथा जोड्नुपर्ने बताउनुभएको थियो । त्यसैगरी भिक्षु कश्यपको “बौद्धदर्शन र महिला” विषयक गोष्ठीपत्रमाथि प्राडा रञ्जना बज्राचार्यले र प्राडा शशी अधिकारीद्वारा प्रस्तुत “धर्म, दर्शन, कानुन र महिला” विषयक गोष्ठीपत्रमाथि संविधानसभा सदस्य डा. विन्दा पाण्डेले टिप्पणी गर्नुभएको थियो ।

    गोष्ठीमा संविधान सभा सदस्य प्रभा बज्राचार्य, निवर्तमान सङ्घीय सांसद विद्या भट्टराई तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाले “पौरस्त्य दर्शनका आलोकमा महिला” विषयमाथि विचार व्यक्त गर्नुभएको थियो ।

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.