• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल (छैठौं) का पूर्वअध्यक्ष अधिकारीको स्मरणमा ‘गणतन्त्र नेपाल’ बारे पहिलो संस्थागत निर्णय


  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल (छैठौं) का पूर्वअध्यक्ष कृष्ण अधिकारीले पहिलो पटक संस्थागत रुपमा ‘गणतन्त्र नेपाल’ को निर्णय गरिएको क्षणलाई स्मरण गर्नुभएको छ ।

    Advertisement

    आइतबार विपक्षी पाँच विद्यार्थी संगठनहरुले राजधानीमा गरेको एक अन्तर्क्रिया कार्यक्रममा पूर्वअध्यक्ष अधिकारीले २०५९ सालमा तत्कालिन अखिल (एकीकृत) ले ‘गणतन्त्र’ मा जाने पहिलो संस्थागत निर्णय गरेको क्षण स्मरण गर्नुभएको हो ।

    २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रले सिमित बहुदलीय व्यवस्थामाथि ‘कू’ गरी शासन सत्ता हातमा लिएपछि विभिन्न राजनीतिक दल तथा विद्यार्थी संगठनहरुले त्यसविरुद्ध आन्दोलन सुरु गरेका थिए । आन्दोलनको अग्रमोर्चामा अखिल (छैठौं) थियो ।

    ‘त्यतिबेला दलहरुले गरेको आन्दोलन निरंकुशताविरुद्ध थियो’ अधिकारीले भन्नुभयो, ‘तर, हामीले केवल राजाको निरंकुश शासनविरुद्ध मात्र होइन, राजतन्त्रविरुद्ध नै आन्दोलन गर्नुपर्छ र देशमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर पहिलो पटक संस्थागत निर्णय गरेका हौं ।’

    त्यतिबेला अखिल (छैठौं) र अखिल २०२२ मिलेर ‘अनेरास्ववियु (एकीकृत) बनेको थियो र त्यसको अध्यक्ष पनि अधिकारी नै हुनुहुन्थ्यो । अखिल (एकीकृत) ले निर्णय गरे पछि मात्रै अन्य विद्यार्थी तथा युवा संगठनहरुले आन्दोलनलाई गणतन्त्रसम्म लैजाने निर्णय गरेका थिए ।

    अखिल (छैठौं) ले त्यस अघिदेखि नै राजतन्त्र विरुद्ध जनमत सिर्जना गरिरहेको थियो । संविधानमा राजालाई दिइएको शक्तिका कारण राजाले कुनै पनि बेला नेपालको संविधान २०४७ लाई खारेज गर्न सक्ने र सिमित बहुदलीय व्यवस्था खत्तम पार्न सक्ने नेकपा (मसाल) को विश्लेषणका आधारमा अखिल (छैठौं) ले शैक्षिक मुद्दासँगै राजतन्त्रविरुद्धमा समेत अभियान चलाएको थियो ।

    त्यस सिलसिलामा २०५६ सालमा विद्यार्थीहरुमाझ कथित राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली….’ जलाउँदा अध्यक्ष अधिकारी र अर्का नेता मातृका राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

    अधिकारीले भन्नुभयो, ‘हामीलाई सार्वजनिक मुद्दा लगाएर जेलमा राख्यो । त्यसविरुद्ध हाम्रो संगठनले देशब्यापी संघर्ष गरेको थियो । पछि तीन महिनामा हामीलाई जेलमुक्त गरियो ।’

    आफूसँग प्रशासनले धरौटी माग गरेपनि आन्दोलनको बलमा धरौटी नतिरेरै रिहा भएको अधिकारीले बताउनुभयो ।

    आइतबार अखिल (छैठौं) सहित पाँच विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा अधिकारीले राजतन्त्रविरुद्ध लडेका क्षण स्मरण गर्दै ‘व्यक्तिलाई फालेर मात्रै सामन्तवाद नहट्ने रहेछ’ भन्नुभयो । उहाँले गणतन्त्रका लागि लडेका नेताहरुमा पुरानै सामन्ती संस्कार रहेका कारण अहिले केपी ओली जस्ता शासकलाई देशले ब्यहोर्नुपरेको बताउनु भयो ।

    ‘राजतन्त्रविरुद्ध हामीले लडाईं त गर्यौं, तर व्यक्तिलाई हटाएर मात्रै सामन्तवाद सकिएन । नेताहरुको चिन्तन र संस्कारमै गढेको सामन्तवाद हटेन’ अधिकारीले भन्नुभयो, ‘त्यसले गर्दा फेरि पनि निरंकुशताको धङधङी कायमै छ । अवैध ढंगले बनेको ओली सरकारले लोकतन्त्र र गणतन्त्रमाथि नै धावा बोलिरहेको छ ।’

    उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरणको सिद्धान्त भएपनि अहिले कार्यपालिकाको निर्णयविरुद्ध अदालत जानुपर्ने तितो यथार्थता रहेको बताउनु भयो । नेता अधिकारीले लोकतान्त्रिक गाण्तन्त्र संस्थागत हुन संस्कारमै परिवर्तन हुनुपर्ने र सामन्तवादी चिन्तन हट्नुपर्ने बताउनुभयो ।

    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.