• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रलेस गण्डकीद्वारा बहुभाषिक गोष्ठी सम्पन्न


  •   शनिबार, असार १९, २०७८ मा प्रकाशित
  • पोखरा । प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेश समितिले बहुभाषिक गोष्ठी सम्पन्न गरेको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा २०७८ असार १९ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा सर्वप्रथम प्रा.डा. दानराज रेग्मीले “पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका भाषाहरूको वर्तमान अवस्था र संरक्षण रणनीति” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    प्रा.डा. दिनबहादुर थापाले टिप्पणी गर्दै कार्यपत्र बौद्धिक, बहुउपयोगी र स्तरीय रहनुका साथै विषय विज्ञता र व्यावहारिक अनुभव समेटिएको बताउनुभएको थियो ।

    प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले नेपालको संविधान–२०७२ ले बहुभाषिक विकासका लागि प्रष्ट निर्देशन दिएको बताउनुभयो ।
    उहाँले भन्नुभयो– ‘अब समय आएको छ, हामी सबै भाषाको अध्ययन, संरक्षण र विकासमा लागौँ ।’

    अर्कातिर, संविधानले भाषासम्बन्धी काम गर्ने अधिकार स्थानीयतहसम्मै दिए पनि नीतिनिर्माणकर्तामै एक खालको अन्यौलता रहेको उहाँले बताउनुभयो ।

    ‘कतिपय नीतिनिर्माणकर्तामै अन्यौलता छ, मातृभाषा विकास गरेर के हुन्छ र भन्ने’ उहाँले अगाडि भन्नुभयो– ‘अबको समयमा भाषिक जागरण अत्यन्तै आवश्यक छ ।’

    उहाँले पछिल्ला जनगणनामा सही सही तथ्याङ्क उल्लेख नगर्ने समस्या रहेको बताउनुभयो । जनताको केही तप्कामा आआफ्ना स्वार्थका कारणले एउटा भाषीले अर्को भाषी लेखाउने, एक जातिले अर्को जाति लेखाउने हुन गएको उहाँको भनाइ थियो ।

    उहाँले तत्कालै दोभाषेहरूको व्यवस्था गरेर मातृभाषाको विकासका लागि लाग्ने समय आएको बताउनुभयो ।

    कार्यक्रमका विशिष्ट अतिथि प्रलेसका महासचिव समीर सिंहले भाषाको विकासका लागि प्रगतिशील लेखक सङ्घले सक्दो प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    ‘हामी सामन्तवाद, साम्राज्यवादको विरुद्धमा छौँ’ उहाँले भन्नुभयो– ‘तर सबै भाषाको उन्नयन हुनुपर्दछ भन्नेमा प्रगतिशील लेखक सङ्घ प्रष्ट छ ।’

    उहाँले गण्डकी प्रदेश समितिले बहुभाषिक गोष्ठीको आयोजना गरेर महत्त्वपूर्ण काम गरेको पनि बताउनुभयो ।

    कार्यक्रममा रामराज रेग्मी, डा. यदुनन्दन उपाध्याय, डा. भवानीप्रसाद पाण्डे, शेरबहादुर गुरुङ, डा. भीम गौतमलगयातले पूरक टिप्पणी गर्नुभएको थियो ।

    प्रलेसका केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रमको सञ्चालन प्रदेश समितिका सचिव यादवराज उपाध्यायले गर्नुभएको थियो ।

    प्रदेश समितिका नारायण मरासिनीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको पूर्वाद्र्धमा प्रलेस पार्षद तथा प्रलेस म्याग्दीका पूर्व अध्यक्त कार्कीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • २.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ३.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ४.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ५.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ६.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ७.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ८.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.