• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोेरोना र भ्रष्टाचार


  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    कोरोनाको भाइरस रोग संसारबाट हट्ने छ ।
    भ्रष्टाचारको भाइरस रोग महामारी छ ।।
    देशका अङ्ग–सर्वाङ्गमा भ्रष्टाचारको रोग छ ।
    यो रोगलाई निको पर्न गाह्रो प¥या छ ।।

    Advertisement

    निको पार्छु भन्नेलाई यै रोगले खाको छ ।
    निको पार्छु भन्ने दिमाग रोग लाको छ ।।
    बाहिर हेर्दा स्वस्थ स्वच्छ दिमागमा रोग लाको छ ।
    रोग लागेका दिमागले देश खाको छ ।।

    खिल्ल खिल्ल भ्रष्टाचारको चिल घुम्छ देशमा ।
    भ्रष्टाचारको महामारी देशको शासनमा ।।
    त्यै शासनले चलाएको प्रशासनमा झन् चर्को ।
    महामारी कोरोना र भ्रष्ट भाइरसको ।।

    जुलुस र नाराबाट भ्रष्टाचार जाँदैन ।
    बिरालोले कुँडेमा मुख हाल्न छोड्दैन ।।
    शासनले पालेको छ भ्रष्टाचारको भाइरसलाई ।
    निर्मूल पार्न चाहदैन ठग्यो देशलाई ।।

    लुते नीति लुते कानुन हर अङ्गमा स’या छ ।
    बिरालोले दुध चोर्दिन भन्दै हिँड्या छ ।।
    दोष पनि रिस पनि जे छ गल्ती शासन छ ।
    जो छ भ्रष्ट त्यै चोरले सडक आऊ भन्छ ।।

    सडक आउनुपर्छ भने सासन फाल्न आउने हो ।
    नयाँ युगको नयाँ गीत त्यहीँ गाउने हो ।।
    निख्खर क्रान्तिकारीबाट देशले केही पाएन ।
    भ्रष्टाचारको भाइरस त झन् जाँदै गएन ।।

    झन् गाँसियो झन् टाँसियो फिँजिएर गाँजिलो ।
    निख्खर क्रान्तिकारीलाई उतै रमाइलो ।।
    भ्रष्टाचारले देश खाँदा देख्नलाई गाह्रो भो ।
    भ्रष्टाचारको विरोध गर्ने तिनको तारो भो ।।

    तारो हुनु परे पनि विरोध गर्न छोड्दैनौँ ।
    सत्य बोल्ने हाम्रो मुखमा ताल्चा लाउँदैनौँ ।।
    कोशी, गण्डक, महाकाली भ्रष्टहरू बेच्या हुन् ।
    तिनै भ्रष्ट जुलुस लाउँदै चर्को कराउँछन् ।।

    कर्णालीलाई क्वाप्प खान तिनै भ्रष्ट तयार छन् ।
    झुक्याउनलाई भ्रष्टाचारको विरोध गर्या हुन् ।।
    बिरालोले दुध चोर्दैन कस्ले होला पत्याउने ।
    चोर बिराला लडीभिडी सत्ता हत्याउने ।।

    सडकले नयाँ जुलुस नयाँ नारा सुनेन ।
    नयाँ नारा लाउन पनि कोही आएन ।।
    देशका जुनै अङ्ग हेरौँ भ्रष्टचारको पीडा छ ।
    पीडा पनि पाकिकन किरा पर्या छन् ।।

    वस्तुवादी क्रान्तिबाट सबै किरा निख्रिन्छ ।
    यो शासनको आसमा परे अझै ठगिन्छ ।।
    किसानले विदेशमा पैसा लगी राखेन ।
    मजदुरले भोको पेट भर्न पाछैन ।।

    सडकमा बस्ने मान्छे विदेश पैसा राखेन ।
    पेट पाल्न मुस्किल पसल त्यसले राखेन ।।
    विदेशमा पैसा राख्ने यै शासनका नाइके हुन् ।
    विदेश पैसा राख्ने नाइके खाए देशको खुन ।।

    क्रान्तिलाई मानिसले दिएका हुन् जवानी ।
    न त क्रान्ति न त मुक्ति गयो जवानी ।।
    भ्रष्टाचारको भाइरसलाई छुन कोइले सकेन ।
    भोगिसके जानी सके यो थितिले भएन ।।

    लड्नुसम्म लडे जनता तर गएन ।
    भन्छ ठग्छ यो शासनले भ्रष्टाचार फाल्दैन ।।
    आफू भ्रष्ट, भ्रष्ट शासन फल्न चाहेन ।
    हामी राम्रा भने पनि सही भएन ।।

    यी नक्कली मुजुरहरू भ्रष्टाचार फाल्दैनन् ।
    भ्रष्टाचारी मुसाहरू काम लाग्दैनन् ।।
    कैले यता कैले उता भ्रष्टले देश बटार्याे ।
    बटारेको मात्र होर धुलो पारी पछारे ।।

    भ्रष्टहरू लड्छन् भिड्छन् शासनमा बस्नलाई ।
    देशको हितमा नभएस भूमि बेच्नलाई ।।
    यो शासनले कसलाई दियो न्यानो लाउन जाडोमा ।
    यी भ्रष्टलाई भयो शासन कुकुर टाँडमा ।।

    सङ्घर्षको चेतना हो थिति पाको बनाउने ।
    थिति पाको नभएर भ्रष्ट रमाउने ।।
    यो शासनमा जनताको हितमा न्याय हुँदैन ।
    बोल भन्छ बोले पनि कान सुन्दैन ।।

    भ्रष्टाचारी छुचुन्द्राले अवसर खोज्छन् लुट्नलाई ।
    मिठा कुरा अति गर्छन् बुद्घि भुट्नलाई ।।
    यी भ्रष्टको भर परे समयले रुने छ ।
    समय त रुँदै जाला दुःख हुने छ ।।

    कहाँ छैन भ्रष्टाचार सफा शुद्घ कहाँ छ ।
    दुलादेखि खुल्लासम्म जहिँ त्यहिँ छ ।।
    सफा शुद्घ जहिँ त्यहीँ गरिबका बुकुरा ।
    भ्रष्टहरू त्यहीँ पनि चोर्छन् कुखुरा ।।

    भ्रष्ट मन भ्रष्ट नीति लगे जहाँ पनि ।
    टीका लाउने चन्दन र अक्षतामा पनि ।।
    देश नबन्ने शासनको भ्रष्ट भयो नीति ।
    त्यै नीतिले पु¥याउँछ सधैँलाई क्षति ।।

    निस्फलका क्रान्ति हैन झनै क्षति दियो ।
    भ्रष्टाचारी फूल फल बाटो बनाइदियो ।।
    गरिबलाई बाढी पहिरो धनीलाई धन ।
    फेर्नु पर्ने नीतिबाट मानिसको मन ।।

    समाजले नमानेको नीति सही हुन्न ।
    यो शासनको नीतिबाट भ्रष्टचार जान्न ।।
    सेनादेखि तरबारको म्यानसम्म भ्रष्टाचार ।
    न्यायदेखि न्यायशीशको मनदिमागमा भ्रष्टाचार ।।

    पक्षदेखि विपक्षको चिन्तनमा भ्रष्टाचार ।
    क्रान्तिकारी शब्द घोक्ने घोकन्तेमा भ्रष्टाचार ।।
    भ्रष्टबाट उचालिने मनोग्रन्थी भ्रष्टाचार ।
    भ्रष्टहरू आदेश दिन्छन् गन्नु मान्नु भ्रष्टाचार ।।

    मुलुक ठग्ने लम्पसारको परम्परा भ्रष्टाचार ।
    हार खाएर विसर्जनलाई जीत घोषणा भ्रष्टाचार ।।
    अतिभन्दा अति भयो यो देशमा भ्रष्टाचार ।
    देशका लक्ष्य सुक्दै गए अस्थिरतामा भ्रष्टाचार ।।

    शब्दबाट क्रान्ति हुन्न आचरणमा भ्रष्टाचार ।
    नयाँ पिँढी पीडित पर्ने शिक्षादिक्षा भ्रष्टाचार ।।
    भ्रष्टाचार नारा जुलुस चिच्याएर जाँदैन ।
    यो शासनले सही नीति बन्न दिँदैन ।।

    बलबाट सही नीति बनाउने हो बल गर ।
    सफलताको सही बाटो दह्रो विचार ।।
    घोक्ने हैन क्रान्तिलाई चेतनाले बिउँझाउने ।
    देखेजस्तो वस्तुवाद सही बताउने ।।

    यो शासनले हुँदै हुन्न मुर्दा भयो जाग्दैन ।
    देशले माग्यो क्रान्तिबाटो हिँड बनाउन ।।
    नयाँ पिँढी नयाँ न्याय हिँड मुक्ति दिलाउन ।
    क्रान्तिकारी चेतनाले भ्रष्ट निखार्न ।।

     

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.