मुकुन्दराज रोका ##
हिजोको दृष्टि भएर बासी समाज आजको
कुन हो अघि कुन हो छेउ कुन हो माझको
Advertisement
बोलाउ तिमी मलाई पनि मान्छेको नाताले
नभुल तिम्रो मानव चित्र बनाको हाताले
पाषण खाना युगको हुन्छ कसरी ताजको
कुन हो अघि कुन हो छेउ कुन हो माझको
किताबभित्रै भरियो भेद के हुन्छ गाताले
रुवाइ तिन्को कसरी ओत्छौ धर्मको छाताले
नलाग पछि बिहानी निभ्ने लागेको साजको
कुन हो अघि कुन हो छेउ कुन हो माझको